साफ महिला फुटसलमा नेपालको जित
बिहीबार, ०१ माघ २०८२, १७ : ४६
सारांश
- नेपाली महिला फुटसल टिमले साफ महिला फुटसल च्याम्पियनसिपमा माल्दिभ्सलाई ५-० गोलले पराजित गर्यो।
- थाइल्यान्डको बैंककमा भएको खेलमा नेपालले दुई खेलबाट चार अंक जोड्यो, यो जित महिला फुटसलमा पहिलो हो।
- प्रतियोगिताको पहिलो खेलमा नेपालले श्रीलंकासँग बराबरी खेलेको थियो, भने माल्दिभ्सको यो लगातार दोस्रो हार हो।
काठमाडौँ । नेपाली राष्ट्रिय महिला फुटसल टिमले साफ महिला फुटसल च्याम्पियनसिपमा जित हात पारेको छ । बुधबार सम्पन्न खेलमा नेपालले माल्दिभ्सलाई ५–० ले हराएको हो ।
नेपालले महिला फुटसलमा हात पारेको यो पहिलो जित हो । थाइल्यान्डको बैंककस्थित नन्थाबुरी स्टेडियममा भएको खेलमा नेपालले सहज जित निकाल्दै प्रतियोगितामा दुई खेलबाट चार अंक जोडेको छ ।
प्रतियोगिताको पहिलो खेल नेपालले श्रीलंकासँग २–२ गोलको बराबरी खेलेको थियो । माल्दिभ्सको भने यो लगातार दोस्रो हार हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ककरोच जनता पार्टीका संस्थापक अभिजीत दीपकेको अनशन अन्त्य
-
संसदीय सुनुवाइ समिति बैठक आह्वान, प्रस्तावित निर्वाचन आयुक्तहरूको सुनुवाइ हुने
-
बाँके राष्ट्रिय निकुञ्जमा पूर्वसूचना प्रणाली जडान
-
नेपालमा बालयौन दुराचारको अभियोगमा सजाय काटेका कुम्ब्स अमेरिकमा पनि दोषी ठहर
-
नेपालमा जलवायु-स्मार्ट कृषि विस्तारका लागि अन्तर्राष्ट्रिय सहयोग आवश्यक : मन्त्री चौधरी
-
जिल्ला ट्राफिक प्रहरी कार्यालयबाट एक करोड १४ लाख राजस्व सङ्कलन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण