शुक्रबार, १९ असार २०८३
ताजा लोकप्रिय
आजकाे राशिफल

शुक्रबार कुन राशिहरूका लागि शुभ ? हेर्नुहोस् राशिफल

शुक्रबार, ०२ माघ २०८२, ०४ : ५५
शुक्रबार, ०२ माघ २०८२

सारांश

  • आजको पञ्चाङ्गमा वि.सं. २०८२ साल माघ २ गतेको बार, तिथि, नक्षत्र, योग, र करणसहितको विवरण प्रस्तुत गरिएको छ।
  • यस दिन प्रदोष व्रत र राष्ट्रिय भूकम्प सुरक्षा दिवस परेको छ, साथै बार बेला र राहुकालको समय तालिका दिइएको छ।
  • मेषदेखि मीन राशिसम्मको राशिफलमा विभिन्न पेशा, प्रेम सम्बन्ध, स्वास्थ्य र आर्थिक पक्षबारे जानकारी दिइएको छ।

आजको पञ्चाङ्ग

वि.सं.२०८२ साल माघ २ गते । शुक्रबार । इस्वी सन् २०२६ जनवरी १६ तारिख । नेपाल संवत् ११४६ । सिद्धार्थी संवत्सर । उत्तरायण । शिशिर ऋतु । श्रीशाके १९४७ । माघ कृष्णपक्ष । तिथि–त्रयोदशी, ३८ घडी ५७ पला, बेलुकी १० बजेर २३ मिनेट उप्रान्त चतुर्दशी । नक्षत्र–मूल, अहोरात्र । योग–ध्रुव, ३८ घडी १ पला, बेलुकी १० बजेर १० मिनेट उप्रान्त व्याघात । करण–गर, बिहान ९ बजेर ३४ मिनेट उप्रान्त वणिज, बेलुकी १० बजेर ३३ मिनेट उप्रान्त भद्रा । आनन्दादिमा–स्थिर योग । चन्द्रराशि–धनु ।

काठमाडौँमा सूर्योदय बिहान ६ बजेर ५८ मिनेट । सूर्यास्त बेलुकी ५ बजेर २९ मिनेट । दिनमान २६ घडी २० पला ।

दिन विशेष : प्रदोष व्रत। राष्ट्रिय भूकम्प सुरक्षा दिवस।

आजको बार बेला ।

  • बिहान ६ बजेर ५८ मिनेटसम्म चर बेला ।
  • बिहान ६ बजेर ५९ मिनेटदेखि बिहान ८ बजेर १७ मिनेटसम्म लाभ बेला ।
  • बिहान ८ बजेर १८ मिनेटदेखि बिहान ९ बजेर ३६ मिनेटसम्म अमृत बेला ।
  • बिहान ९ बजेर ३७ मिनेटदेखि बिहान १० बजेर ५५ मिनेटसम्म काल बेला ।
  • बिहान १० बजेर ५६ मिनेटदेखि बिहान १२ बजेर १४ मिनेटसम्म लाभ बेला ।
  • दिउँसो १२ बजेर १५ मिनेटदेखि दिउँसो १ बजेर ३३ मिनेटसम्म रोग बेला ।
  • दिउँसो १ बजेर ३४ मिनेटदेखि दिउँसो २ बजेर ५२ मिनेटसम्म उद्वेग बेला ।
  • दिउँसो २ बजेर ५३ मिनेटदेखि बेलुकी ४ बजेर ११ मिनेटसम्म चर बेला ।
  • बेलुकी ४ बजेर १२ मिनेटदेखि बेलुकी ७ बजेर ११ मिनेटसम्म रोग बेला ।

नोट : शुभकार्य तथा यात्रा गर्दै हुनुहुन्छ भने लाभबेला र अमृत बेलाको समय पारेर गर्नुहोला  ।

राहुकाल

बिहान १० बजेर ५४ मिनेटदेखि मध्यान्ह १२ बजेर १३ मिनेटसम्म राहुकाल रहनेछ ।

नोट : राहुकालको समयमा कुनै पनि शुभ कार्य गर्नु हुन्न भन्ने शास्त्रीय मान्यता रहेको ।

ब्रहा मुहूर्त

बिहान ५ बजेर २१ मिनेटदेखि बिहान ६ बजेर ९ मिनेटसम्म ब्रहा मुहूर्त रहनेछ ।

आजको राशिफल

  • मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) बौद्धिकताको प्रयोगले सफलताको सूत्र पत्ता लगाउन सकिनेछ । उत्तम वस्त्र, मन पर्ने तथा बिलासी वस्तु हात लागी हुनेछ । धार्मिक तथा आध्यात्मिक क्षेत्रमा चासो रहने तथा संस्कार संस्कृतिको जगेर्ना गर्ने काममा समय व्यातित हुनेछ । भाग्य तथा समयले साथ दिने हुँदा सानो लगानीबाट मनग्गे आम्दानी गर्न सकिनेछ । प्रेमलाई विवाहरूपी निकास दिने सहमति जुट्ने योग रहेको छ । तर पनि यात्रा गर्दा वा सवारी साधनको प्रयोग गर्दा ध्यान दिनुहोला ।
  • वृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) व्यापार व्यवसायमा प्रशस्त समय खर्चिए पनि आम्दानी कम हुनेछ । भौतिक सम्पत्ति तथा सवारी साधन प्रयोग गर्दा ध्यान दिनुहोला नराम्रा घटनाहरु हुन सक्छन् । प्रेममा टाढिने समय रहेको छ भने घर परिवार तथा दिदीबहिनीसँग मनमुटाब बढ्नेछ । खानपान तथा मौसमको ध्यान दिनुहोला स्वास्थ्य सम्बन्धी समस्याले सताउनेछ । पढाइ लेखाइमा प्रशस्त समय दिए मात्रा सफलता हात पार्न सकिनेछ ।
  • मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) व्यापारको सिलसिलामा छोटो दुरीको यात्रा हुने अधिक सम्भावना रहेको छ । व्यवसायमा लगानी गरी प्रशस्त नाफा कमाउन सकिनेछ । भौतिक साधनहरू जुट्नेछन् प्रविधिको प्रयोग मार्फत मनग्गे धन आर्जन गर्न सकिनेछ । अध्ययन, लेखन, कला साहित्य तथा गीत सङ्गीतमा चासो बढ्नेछ भने तपाईँको प्रतिभाको उच्च कदर हुनेछ । प्रेम सम्बन्धमा विश्वासको वातावरण बढ्ने तथा दाम्पत्य जीवन सुमधुर बन्नेछ भने जीवन साथीको सहयोगले राम्रा काम गर्न सकिनेछ ।
  • कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) न्यायिक निर्णय आफ्नो पक्षमा पार्न सकिनेछ भने शत्रु परास्त हुनेछन् । बिदा तथा प्रतिस्पर्धामा तपाईँको नाम अग्र स्थानमा आउनेछ । प्रेममा रमाउन चाहनेहरूका लागी समयले साथ दिनेछ । व्यापार तथा औद्योगिक क्षेत्रमा लगानी गरी दिगो फाइदा गर्न सकिनेछ । पुराना थाती रहेका कामहरू सम्पादन हुनेछन् ।  अध्ययन वा कामको सिलसिलामा लामो दुरीको यात्राको योग रहेको छ ।
  • सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) मन परेको मानिसबाट बिलासी सामान उपहारको रूपमा प्राप्त हुनेछ । लामो समयदेखिको प्रेम सम्बन्धलाई विवाहमा परिणत गर्ने समहती जुट्नेछ । अध्ययनमा मन जाने तथा अनुसन्धानको क्षेत्रमा नतिजा हात पार्न सकिनेछ । व्यापार तथा वित्तीय क्षेत्रमा आज गरिने लगानीबाट भनेजस्तो आम्दानी गर्न सकिनेछ । वंश वृद्धिको योग रहेको छ भने सन्तानको प्रगतिमा मन रमाउनेछ ।
  • कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) सहयोगी तथा प्रतिस्पर्धीहरूले तपाईँको काममा सहयोग नगर्न सक्छन् । पढ्ने लेख्ने काममा समय दिन नसक्दा अरू भन्दा पछि परिनेछ । आर्थिक रूपमा सम्पन्न हुनको लागी चालिएका कदममा बाधा तथा अवरोध हुनेछ । आमा तथा आफन्तसँग सामान्य कुरामा मनमुटाब सिर्जना हुने योग रहेको छ । तर पनि सवारी साधन तथा कृषि क्षेत्रमा काम गर्नेहरूले मनग्गे आम्दानी गर्न सक्नेछन् । अध्ययन वा कामको सवालमा लामो दुरीको यात्राको योग रहेको छ ।  
  • तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) न्यायिक निर्णयहरू तपाईँकै पक्षमा हुनेछन् भने प्रतिस्पर्धामा तपाईँको नाम अग्र स्थानमा आउनेछ । माया प्रेमको डोरो कसिलो भएर जानेछ भने जीवन साथीको सहयोगले राम्रा काम गर्न सकिनेछ । उद्योग तथा व्यापारको लगानी फस्टाएर जानेछ । खेलकुद वा पराक्रमी क्रियाकलापमा भाग लिई नाम तथा दाम दुवै कमाउन सकिनेछ । राजनीतिक बैठक तथा गोष्ठीमा समय व्यातित हुनेछ ।
  • वृश्चिक(तो,ना,नी,नू,ने,नो,या,यी,यू) तपाईँको कामको धेरैले प्रशंसा गर्नेछन् भने विशिष्ट व्यक्तिबाट सम्मानित हुने ग्रहयोग रहेको छ । तार्किक क्षमतामा वृद्धि भएर जानेछ भने सम्मानका साथ आम्दानी बढाउन सकिनेछ । गाएन तथा सङ्गीतको क्षेत्रमा नाम कमाउन सकिनेछ । पारिवारिक माहौलमा जमघट भई मिठो मसिनो खाने अवसर जुर्नेछ । प्रेमले सकारात्मक मोठ लिनेछ भने कुटुम्बसँगको सम्बन्ध सुदृढ भएर जानेछ ।
  • धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) नयाँ प्रविधिको प्रयोग गरी व्यापारलाई बिस्तार गर्न सकिनेछ । पढाइ लेखाइमा सुधार भएर जानेछ भने मेहनतेले गन्तव्य पहिल्याउन सहज हुनेछ । प्रेममा एक अर्कालाई बुझ्ने अवसर प्राप्त हुनेछ । नयाँ कामको खोजी गर्नेहरूले नोकरीमा प्रवेश तथा पदोन्नतिको प्रशस्त सम्भावना रहेको छ । राजनीति तथा समाजसेवामा समय लगानी गर्नेहरूले समयको सूक्ष्म व्यवस्थापन गर्न सके मान सम्मान तथा प्रतिष्ठा कमाउने समय रहेको छ ।
  • मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) खर्च भावमा गोचर गर्ने चन्द्रमाले फजुल खर्च बढ्नेछ । खानपान तथा मौसमको ध्यान नदिए स्वास्थ्यमा समस्या आई उपचार खर्चमा वृद्धि हुने योग रहेको छ । व्यापारमा भनेजस्तो आम्दानी नहुँदा दैनिकी प्रभावित हुन सक्छ । आफ्नै मानिसलाई विश्वास गर्दा धोका पाइनेछ । लामो दुरीको विदेश यात्रा हुनेछ भने विदेशी सामानको व्यापारबाट आम्दानी गर्न सकिनेछ ।
  • कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) कामको सवालमा विशिष्ट व्यक्तिहरूसँग भेटघाट हुनेछ । आफन्त, घरपरिवार तथा साथीभाइहरूका सहयोग पाइनाले मन प्रसन्न रहनेछ । प्राकृतिक स्रोत साधनको प्रयोग मार्फत मनग्गे धन आर्जन गर्न सकिनेछ । व्यापार तथा औद्योगिक क्षेत्रको लगानीबाट भनेजस्तो आम्दानी गर्न सकिनेछ । प्रेममा रमाउन चाहने जोडीहरूका लागी समय फलदायी रहेको छ । राजनीतिक भेटघाट तथा सामाजिक काममा समय व्यातित हुनेछ ।
  • मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) राजनीतिक तथा सामाजिक काम गर्ने वातावरण बन्ने तथा मान–सम्मान, इज्जत प्रतिष्ठामा वृद्धि भएर जानेछ । माया प्रेममा प्रिय पात्रसँग नजिक हुने समय रहेको छ । खाद्यान्न, निर्माण सामाग्री, अटोपार्टस व्यापारमा उल्लेख्य वृद्धि हुनेछ । विवादित विषयहरू हल भएर जाने तथा पुराना समस्याहरू केही भए थोरै समय दिएर फत्ते गर्न सकिनेछ । पारिवारिक माहौलमा मिष्टान्न भोजनको स्वाद लिँदै समय व्यातित गर्न सकिनेछ ।

तपाईँको दिन शुभ रहोस् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

दुर्गा प्रसाद भण्डारी
दुर्गा प्रसाद भण्डारी
लेखकबाट थप

छुटाउनुभयो कि ?