झापा र मोरङमा दुई पुरुष मृत फेला
शुक्रबार, ०२ माघ २०८२, १३ : ११
सारांश
- झापाको बिर्तामोडमा एक पुरुष भुतेनी खोलाको बाँधमा मृत फेला परेका छन्।
- मोरङको रतुवामाईमा एक जना ४० वर्षीय पुरुष बाटोमा मृत फेला परेका छन्।
- प्रहरीले दुवै घटनाको मुचुल्का तयार गरी आवश्यक अनुसन्धान सुरु गरेको छ।
झापा । झापा र मोरङमा दुई जना पुरुष मृत अवस्थामा फेला परेका छन्। झापाको बिर्तामोड नगरपालिका–१० समावेशी टोलस्थित भुतेनी खोलाको बाँधमा एक पुरुषको शव फेला परेको हो।
करिब ५५ वर्षका देखिने ती मृतक पुरुषको नाम, थर र ठेगाना अझै खुल्न सकेको छैन। प्रहरीले बिहीबार शव फेला पारेपछि उनको पहिचान गर्ने प्रयास गरिरहेको छ।
त्यसैगरी मोरङको रतुवामई नगरपालिका–४ झुर्कियास्थित बाटोमा पनि एक व्यक्ति मृत अवस्थामा भेटिएका छन्। स्थानीय ४० वर्षीय सागर ताजपुरिया बिहीबार बाटोमा मृत फेला परेका हुन्।
दुवै घटनाका सम्बन्धमा प्रहरीले घटनास्थलको मुचुल्का तयार गरी आवश्यक अनुसन्धान अगाडि बढाएको जानकारी दिएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सिर्सिया नदीमा दुर्गन्धित फोहर फ्याक्ने ६ उद्योगलाई जरिवाना
-
पूर्वराजालाई भेट्न नपाएको भन्दै शितलनिवास अगाडि आत्मदाह प्रयास
-
लैङ्गिक हिंसा र लैङ्गिक समानता विषयक प्रदेशस्तरीय सम्मेलन
-
केन्द्रमा एमाले–नेकपा मिल्ने चर्चाले मुख्यमन्त्री प्रस्ताव गरिसकेको कांग्रेसलाई तनाव !
-
निजी विद्यालय सञ्चालकलाई सिंहदरबार बोलाएर शिक्षामन्त्रीले के-के भने ?
-
भारतीय प्रधानमन्त्री मोदीको राजीनामा मागियाे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण