‘ड्रेस टु इम्प्रेस’ फेसन शोमा चार डिजाइनर उत्कृष्ट
सारांश
- फेसन डिजाइनिङ कार्यक्रम 'ड्रेस टु इम्प्रेस' सिजन-१२ मा चार डिजाइनर उत्कृष्ट घोषित भए।
- आईआईएफटी स्कुल अफ फेसनले आयोजना गरेको प्रतियोगितामा विभिन्न विधामा विजेता छानिए।
- कार्यक्रममा पूर्व मिस नेपाल र अन्य सुन्दरीहरू शो टपरको रूपमा उपस्थित थिए।
काठमाडौँ । फेसन डिजाइनिङ र मोडलिङको विशेष कार्यक्रम ‘ड्रेस टु इम्प्रेस’ सिजन–१२ मा ११९ जना प्रतिस्पर्धीलाई पछि पार्दै चार जना डिजाइनरहरू उत्कृष्ट घोषित भएका छन्।
आईआईएफटी स्कुल अफ फेसन एण्ड इन्टेरियर डिजाइनले बिहीबार साँझ कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा आयोजना गरेको प्रतियोगितामा फरक–फरक विधामा डिजाइनरहरूले आफ्नो कला प्रस्तुत गरेका थिए। जसमा ‘डेनिम फिचर’तर्फ रेजिना श्रेष्ठ, ‘ग्ल्याम इन प्याच’तर्फ प्रतीक गुरुङ, ‘एक्जोटिक फौना’तर्फ इमायुङ राई र ‘इकोज अफ टाइम’तर्फ युयान वाङ (सेलिना शाही) ले विजेताको उपाधि जिते।
_8G3LaV5ws4.jpg)
प्रतियोगितामा सामाजिक सञ्जालको लोकप्रियताका आधारमा पनि अवार्डहरू प्रदान गरिएको थियो। जसमा नीलम दासले मोस्ट लाइक्ड लेजेन्ड अवार्ड, आयुषा श्रेष्ठले स्ट्रोमस सेयरड च्याम्पियन अवार्ड र प्रमिला श्रेष्ठले पब्लिक च्वाइस अवार्ड प्राप्त गरे। विजयी डिजाइनरहरूलाई नगद र अवार्डसहित सम्मानित गरिएको थियो। उत्कृष्ट डिजाइनर छनोट गर्नका लागि महेश महर्जन, मुक्ता श्रेष्ठ, निशा श्रेष्ठ, मनीष राई, अन्चु पाण्डे र अंकित माइती सम्मिलित निर्णायक मण्डल गठन गरिएको थियो।
कार्यक्रममा एफएनसिसिआईकी पूर्व अध्यक्ष भवानी राना प्रमुख अतिथिको रूपमा उपस्थित थिइन्। फेसन शोलाई अझ आकर्षक बनाउन पूर्व मिस नेपाल इन्टरनेसनल नीति शाहसहित मिस नेपाल वल्र्ड २०२५ लुना लुइटेल, मिस नेपाल कोस्मो २०२५ दीपशिखा नेपाल, मिस नेपाल इन्टरनेशनल २०२५ उरुषा भण्डारी र मिस नेपाल अर्थ २०२५ सोनी घले शो टपरका रूपमा र्याम्पमा उत्रिएका थिए। विद्यार्थीहरूले आफैँले तयार पारेका पहिरनमा प्रस्तुत हुँदा उनीहरूले मोडलिङ र फेसन डिजाइन दुवैको व्यवहारिक अनुभव प्राप्त गरेका थिए।
विगत एक दशकदेखि निरन्तर आयोजना हुँदै आएको ‘ड्रेस टु इम्प्रेस’ले फेसन डिजाइनिङ अध्ययन गरिरहेका विद्यार्थीहरूका लागि महत्वपूर्ण मञ्च प्रदान गर्दै आएको छ।
_UTuBG9m7ou.jpg)
_7vbBOtdgH6.jpg)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गेटा आँखा अस्पतालमा कर्मचारी र प्रशासनबिच किन भइरहेको छ लडाइँ ?
-
बाघसँग ठोक्किँदा मोटरसाइकल चालक घाइते
-
ट्राफिक कारबाहीमा एकैदिन २० लाख ८४ हजार राजस्व सङ्कलन
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
सातामा दुई दिन सार्वजनिक बिदा : सरकारी अस्पतालले कसरी गर्दैछन् बिरामी व्यवस्थापन ?
-
परराष्ट्रमन्त्री खनाल आज भारत भ्रमणमा जाँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण