मङ्गलबार, ०५ साउन २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

नेपाली बजारमा छाउँदै प्रोटोन इमास ७ इलेक्ट्रिक एसयूभी

शुक्रबार, ०२ माघ २०८२, १६ : ०१
शुक्रबार, ०२ माघ २०८२

सारांश

  • प्रोटोन नेपालको 'इमास ७' इलेक्ट्रिक एसयूभीले नेपाली अटोमोबाइल बजारमा राम्रो उपस्थिति जनाएको छ।
  • यो फुल साइज एसयूभी इभी पारखी र नयाँ प्रविधि रुचाउने उपभोक्तामाझ लोकप्रिय बन्दै गएको छ।
  • यसमा १६० किलोवाट क्षमताको मोटर जडान गरिएको छ, जसले आरामदायी ड्राइभिङको अनुभव दिन्छ।

काठमाडौँ । नेपाली अटोमोबाइल बजारमा प्रोटोन नेपालको 'इमास ७' इलेक्ट्रिक एसयूभीले छोटो समयमै बलियो उपस्थिति जनाएको छ। मलेसियाको पहिलो इलेक्ट्रिक सवारी साधनको पहिचान बोकेको यो फुल साइज एसयूभी विशेषगरी इभी पारखी र नयाँ प्रविधि रुचाउने उपभोक्तामाझ लोकप्रिय बन्दै गएको छ। शहरी क्षेत्रमा दैनिक यात्रा गर्नेदेखि लामो र साहसिक यात्रा रुचाउने दुवैथरी चालकका लागि यो सवारी साधन उपयुक्त रहेको कम्पनीको दाबी छ।

अत्याधुनिक प्रविधि र उच्च सुरक्षा विशेषताहरू समावेश गरिएको इमास ७ मा १६० किलोवाट क्षमताको शक्तिशाली मोटर जडान गरिएको छ। यसले चालकलाई आरामदायी र प्रभावशाली ड्राइभिङको अनुभव प्रदान गर्दछ। ४,६१५ मिलिमिटर लम्बाई र १८० मिलिमिटरको ग्राउण्ड क्लियरेन्स भएका कारण यसले नेपाली सडकका विविध अवस्थामा सहज यात्रा सुनिश्चित गर्नुका साथै यात्रुका लागि पर्याप्त स्थान समेत उपलब्ध गराएको छ।

नेपालका लागि प्रोटोनको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा.लि.ले यो एसयूभी आकर्षक मूल्यमा बजारमा उपलब्ध गराएको छ। बिक्रीपछिको बलियो सेवा, नियमित मर्मत र ग्राहकको सहजताका लागि व्यापक सहयोग संयन्त्र निर्माण गरेको कम्पनीले जनाएको छ। 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप