सुदूरपश्चिममा म्यादी प्रहरी : तराईमा दोब्बर आवेदन, पहाडमा भने माग अनुसार पुगेन
धनगढी । आगामी निर्वाचनका लागि सुदूरपश्चिम प्रदेशमा म्यादी प्रहरी बन्न चाहनेहरूको लर्को लागेको छ। प्रदेशभरको समग्र तथ्याङ्क हेर्ने हो भने मागभन्दा धेरै आवेदन परेको देखिन्छ।
१३ हजार ६ सय ६९ जना म्यादी प्रहरी आवश्यक पर्नेमा बिहीबारसम्म १६ हजार १ सय ९३ जनाले फारम भरेका छन्। यो उत्साह सबै जिल्लामा एकनासको भने छैन। तराईमा कोटाभन्दा झण्डै दोब्बर आवेदन पर्दा पहाडी जिल्लाहरूमा भने मागेजति मान्छे पनि जुटेका छैनन्।
प्रदेश प्रहरी कार्यालयको विवरण अनुसार पाँचवटा पहाडी जिल्लामा तोकिएको कोटा पूरा हुन सकेको छैन। अछाम, डोटी, बझाङ, डडेल्धुरा र बैतडीमा मागभन्दा कम आवेदन परेको हो।
तथ्याङ्क अनुसार सबैभन्दा धेरै बैतडीमा २५९ जनाको सङ्ख्या अपुग देखिएको छ। त्यहाँ १ हजार २७९ जना माग गरिएको थियो। यस्तै, अछाममा १ हजार ४६३ जना चाहिनेमा १७६ जना कम छन्। डडेल्धुरामा ९४४ जनाको कोटामा १३७ जना पुगेका छैनन् भने डोटीमा ९० र बझाङमा ३८ जनाको सङ्ख्या अपुग देखिएको छ।
पहाडमा मान्छे नपुग्दा तराईका दुई जिल्ला कैलाली र कञ्चनपुरमा भने युवाहरूको आकर्षण ह्वात्तै बढेको छ। कैलालीमा ३ हजार ५७६ जनाको माग भएकोमा ५ हजार १५१ जनाले आवेदन दिएका छन्।
उता कञ्चनपुरमा पनि २ हजार ३५ जनाको कोटामा २ हजार ९०६ जनाले लाइन बसेर फारम भरेका छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
-
धान रोपाइँमा हराए गोरु र राँगा, बढ्यो ट्याक्टर र पावर टिलरको प्रयोग
-
सुदूरपश्चिम चलचित्रकर्मी सङ्घ गठन
-
काठमाडौँ उपत्यकामा दुर्घटना १९ प्रतिशतले घट्यो
-
महाकालीमा जलस्तर घटेपछि बनबासा पुलमा यातायात सञ्चालन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण