दुर्घटना न्यूनीकरण विशेष अभियान : आज १९ हजारलाई विशेष सचेतना कक्षा
काठमाडौँ । सवारी दुर्घटना न्यूनीकरण विशेष अभियान तथा ट्राफिक सप्ताह २०८२ अन्तर्गत आज सातौँ दिन ट्राफिक प्रहरीले काठमाडौँ उपत्यकामा सचेतनामूलक विविध कार्यक्रम सञ्चालन गरेको छ ।
काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक नरेशराज सुवेदीले आज १९ हजार ८१४ जना सडक प्रयोगकर्ताहरू सचेतना अभियानबाट लाभान्वित भएको जानकारी दिए । त्यसैगरी १० हजार ८०४ जनालाई पर्चा पम्प्लेट वितरण गरिएको तथा सडक सचेतनासम्बन्धी तीन हजार ३१ स्टिकर टाँस गरिएको उनले बताए ।
गत पुस २६ गतेदेखि सुरु भएको ट्राफिक सप्ताह भोलि माघ ३ गतेसम्म सञ्चालन हुनेछ । सडकमा हुने सानो लापरबाहीले ठूलो दुर्घटनाको रुप लिन सक्छ भन्ने यथार्थलाई आत्मसाथ गरी सुरक्षित सडक संस्कारको विकास गर्दै सडक दुर्घटनाबाट हुने जनधनको क्षतिलाई न्यूनीकरण गर्ने उद्देश्यले ट्राफिक सप्ताहको आयोजना गरिएको सुवेदीले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अण्डाको मूल्य बढ्यो, कति पुग्याे प्रतिक्रेट ?
-
नखाई कति दिनसम्म बाँच्न सक्छ मान्छे ?
-
देशभरका मुख्य राजमार्गमा बाढी र पहिरोको कहर, कहाँ कहाँ छ अवरोध? (पूर्ण विवरण)
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण