म आवारा हुँ
विदुर कटुवाल
म आवारा हुँ
तर हराएको होइन
म बाटोमै जन्मिएको
इतिहासको सन्तान हुँ ।
म आवारा हुँ
किनकि मैले
मालिकको भाषा बोलिनँ,
मजदुरको पीडा बोलेँ ।
म आवारा हुँ
किनकि मैले
महलमा शिर झुकाइनँ,
झुपडीको शिर उठाएँ ।
यो देशमा
जो प्रश्न गर्छ
ऊ आवारा हुन्छ,
जो विद्रोह गर्छ
ऊ अपराधी कहलिन्छ ।
हो,
म त्यही अपराधी हुँ
भोकलाई प्रश्न बनाए,
पसिनालाई मोर्चा
त्यसैले म आवारा हुँ
जो, सधैँ विद्रोह ओकल्छ ।
म त्यो बतास हुँ
जो पहाड–तराई
छल्दै होइन,
जोड्दै बग्छ ।
जहाँ श्रम छ
त्यहीँ मेरो घर छ ।
मलाई,
किताबमा बन्द
क्रान्ति मान्य छैन,
म त जङ्गल,
खेत र सडकमा
क्रान्ति पढ्ने मान्छे हुँ ।
प्रमाणपत्र बोकेर
दलाली गर्नेहरूबिच,
म खाली हात
चेतना बोकेर हिँडिरहेको
आवारा हुँ ।
सत्ताको कुर्सी
रगतले पालिस गरिएको छ,
त्यसैले
मलाई कुर्सी चाहिँदैन,
मलाई सत्ता उल्ट्याउने
हिम्मत चाहिन्छ ।
नारा बेच्नेहरू धेरै छन्,
भोक बोक्नेहरू झनै धेरै छन्,
म त भोकाहरूको पक्षमा उभिने
आवारा हुँ ।
समाजले भन्यो
तँ अटाइनस्,
म हाँसेँ ।
किनकि यो घेरा
शासकको डरले बनाइएको थियो ।
म हारेको होइन,
म त लडाइँको निरन्तरता हुँ
गोलीले खरानी पार्न खोजिएका सपनाहरूको
अधूरो वाक्य हुँ
म आवारा हुँ ।
म डराउन मानिनँ,
म झुक्न मानिनँ
बरु, गीत गाउँदै हिँडेँ
सडक, बस्ती र देहातका बस्तीहरूमा
क्रान्तिको गीत
त्यसैले त
म आवारा हुँ ।
एक दिन
यही आवारापन
जनताको गीत बन्नेछ
र, लेखिने छ इतिहास
लड्नेहरूको
आवारा भनिनेहरूको ।
(उदयपुर)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बझाङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
-
धान रोपाइँमा हराए गोरु र राँगा, बढ्यो ट्याक्टर र पावर टिलरको प्रयोग
-
सुदूरपश्चिम चलचित्रकर्मी सङ्घ गठन
-
काठमाडौँ उपत्यकामा दुर्घटना १९ प्रतिशतले घट्यो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण