सिन्धुली नेकपामा टिकटको लफडा, महेश्वर दाहालद्वारा विद्रोहको चेतावनी
सारांश
- महेश्वर दाहालले पार्टीको विधि र जिल्लाको सिफारिस विपरीत उम्मेदवार लादिए विद्रोह गर्ने चेतावनी दिएका छन्।
- सिन्धुली क्षेत्र नम्बर-२ बाट उम्मेदवार चयनबारे असन्तुष्टि जनाउँदै उनले स्वतन्त्र उम्मेदवारी दिने संकेत गरे।
- उनले पार्टी कमिटीको निर्णय विपरीत केन्द्रबाट उम्मेदवार आए स्वीकार्य नहुने बताए, र प्रचण्डलाई भेट्ने तयारीमा छन्।
काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का प्रभावशाली नेता महेश्वर दाहालले पार्टीको विधि र जिल्लाको सिफारिस विपरित केन्द्रबाट उम्मेदवार लादिए आफूले विद्रोह गर्ने चेतावनी दिएका छन्।
सिन्धुली जिल्लाको निर्वाचन क्षेत्र नम्बर–२ बाट उम्मेदवार चयनबारे टिप्पणी गर्दै दाहालले सिफारिस विपरीत गइए ‘स्वतन्त्र’ उम्मेदवारी दिने संकेत गरेका छन्।
दाहालले सम्बन्धित पार्टी कमिटी र कार्यदलले सर्वसम्मत रूपमा गरेको निर्णय विपरित केन्द्रबाट ‘जस्केला’ बाट कोही उम्मेदवार बन्न आए त्यो स्वीकार्य नहुने स्पष्ट पारेका छन्।
उनले आफू अध्यक्ष प्रचण्डलाई भेट्ने तयारीमा रहेको र भेटमा पनि यही कुरा राख्ने बताए।
टिकट वितरणमा असन्तुष्टि जनाउँदै नेता दाहालले शनिबार सामाजिक सञ्जाल फेसबुकमा एक स्ट्याटस समेत लेखेका छन्। उनले लेखेका छन्,
'हामीलाई फेरि घुँडा टेक्न भनिँदैछ । इतिहास उभिनेहरूको हो । हामी अब उठ्नेछौँ ।'
नेकपाले सिन्धुली क्षेत्र नम्बर–२ बाट स्थानीय पार्टीले प्रत्यक्ष तर्फ पार्टी संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’सहित उपमहासचिव हरिबोल गजुरेल र महेश्वर दाहालको नाम सिफारिस गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नखाई कति दिनसम्म बाँच्न सक्छ मान्छे ?
-
देशभरका मुख्य राजमार्गमा बाढी र पहिरोको कहर, कहाँ कहाँ छ अवरोध? (पूर्ण विवरण)
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
-
बझाङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण