एमाले सुदूरपश्चिमका यी हुन् प्रतिनिधि सभाका उम्मेदवार
सारांश
- एमालेले सुदूरपश्चिम प्रदेशका प्रतिनिधिसभा सदस्य उम्मेदवार टुंगो लगाएको छ।
- कैलाली क्षेत्र नम्बर १ बाट द्वारिका न्यौपाने, क्षेत्र नम्बर २ बाट सूर्यबहादुर थापा उम्मेदवार चयन भएका छन्।
- अछामबाट झपटबहादुर बोहोरा र बाजुराबाट लालबहादुर थापा उम्मेदवार बनेका छन्।
काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (एमाले) ले सुदूरपश्चिम प्रदेशका प्रतिनिधिसभा सदस्य उम्मेदवार टुंगो लगाएको छ । शनिबार बसेको पार्टी सचिवालय बैठकले ७७ वटै जिल्लामा उम्मेदवार चयन गरेको र केही जिल्लाबाहेक सबै ठाउँमा टुंगो लागेको एमाले नेता लेखराज भट्टले जानकारी दिए ।
उनका अनुसार कैलाली क्षेत्र नम्बर १ बाट द्वारिका न्यौपाने, क्षेत्र नम्बर २ बाट सूर्यबहादुर थापा, क्षेत्र नम्बर ३ बाट गौरीशंकर चौधरी तथा क्षेत्र नम्बर ४ बाट लेखराज भट्ट ५ यज्ञराज ढुंगाना उम्मेदवार चयन भएका छन् ।
कञ्चनपुर जिल्लाबाट क्षेत्र नम्बर १ मा कमला बोहोरा, बचनबहादुर सिंह २ र दीपक भट्ट क्षेत्र नं ३ बाट उम्मेदवार बनेका छन् ।
त्यस्तै, अछाम जिल्लामा झपटबहादुर बोहोरा र यज्ञबहादुर बोगटी उम्मेदवार रहेका छन् भने बाजुराबाट लालबहादुर थापा उम्मेदवार चयन भएका छन् ।
त्यस्तै, डोटी जिल्लाबाट दीपक धामी, डडेल्धुराबाट चक्र स्नेही, बझाङबाट भखीलाल उखेडा, बैतडीबाट दामोदर भण्डारी र दार्चुलाबाट गणेश सिंह ठगुन्ना प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवार बनेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काठमाडौँ महानगरपालिकाको आन्तरिक आय उत्साहजनक
-
संरचना हटाउन बिर्तामोड नगरपालिकाको पुनः ताकेता
-
वीपी स्मृति दिवस देशभर विविध कार्यक्रम गरी मनाइँदै
-
सवारी चालक अनुमतिपत्रको छपाई तथा वितरण प्रदेशबाटै हुनेगरी तयारी गरिँदै
-
‘कमला मिस’को नयाँ गीत ‘तिमी मेरो सञ्जीवनी’ सार्वजनिक
-
एक्यापमा लेक लागेर एकै वर्ष २५ जनाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण