यी हुन् कर्णालीबाट एमालेका उम्मेदवार
सारांश
- नेकपा एमालेले कर्णाली प्रदेशका १२ वटै निर्वाचन क्षेत्रका लागि उम्मेदवार टुंगो लगाएको छ।
- सुर्खेत १ बाट ध्रुव शाही र २ बाट कुलमणि देवकोटालाई उम्मेदवार बनाइने निर्णय गरियो।
- दैलेख २ मा लक्ष्मी पोखरेल, जाजरकोटमा डम्बरबहादुर सिंह एमालेका उम्मेदवार बनेका छन्।
सुर्खेत । नेकपा (एमाले) ले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि कर्णाली प्रदेशका १२ वटै निर्वाचन क्षेत्रका उम्मेदवारको टुंगो लगाएको छ। १० जिल्ला रहेको कर्णालीका सबै निर्वाचन क्षेत्रमा पार्टीले उम्मेदवार चयन गरेकाे हो ।
सुर्खेतका दुई निर्वाचन क्षेत्रमध्ये क्षेत्र नम्बर १ बाट ध्रुव शाही र क्षेत्र नम्बर २ बाट कुलमणि देवकोटालाई उम्मेदवार बनाउने निर्णय गरिएको छ। यस्तै दैलेख क्षेत्र नम्बर १ मा रविन्द्रराज शर्मा र क्षेत्र नम्बर २ मा लक्ष्मी पोखरेल उम्मेदवार चयन भएका छन्।
दैलेख–२ मा उम्मेदवार सिफारिसका क्रममा भएको आन्तरिक प्रतिस्पर्धापछि पार्टीले पूर्व सांसदसमेत रहिसकेका पोखरेललाई टिकट दिएको हो। जाजरकोटमा डम्बरबहादुर सिंह, हुम्लामा दल फडेरा तथा अन्य जिल्लामा पनि पार्टी नेतृत्वले अनुभव भएका नेताहरूलाई प्राथमिकता दिएको देखिन्छ।
एमालेले कर्णालीका सबै निर्वाचन क्षेत्रमा उम्मेदवार टुंगो लगेसँगै चुनावी अभियानलाई थप व्यवस्थित बनाउने तयारी गरेको छ।
कर्णाली प्रदेशका एमाले उम्मेदवारहरूको नामावलीः
सुर्खेत क्षेत्र नं. १: ध्रुव शाही
सुर्खेत क्षेत्र नं, २ कुलमणि देवकोटा
दैलेख क्षेत्र नं. १ रविन्द्रराज शर्मा
दैलेख क्षेत्र नं. २ लक्ष्मी पोखरेल
सल्यान: गुलाबजंग शाह
रुकुम पश्चिम: नन्दराम देवकोटा
कालिकोट: नागेन्द्र शाही (नेसनल)
जुम्ला: शान्तिलाल महत
मुगु: पूर्णबहादुर रोकाया
हुम्ला: दल फडेरा
डोल्पा: लङ्क रोकाया
जाजरकोट: डम्बरबहादुर सिंह
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तराईका विभिन्न जिल्लामा तातो हावाकाे लहरको सम्भावना, सतर्कता अपनाउन आग्रह
-
१५ लाख ७० हजार लाइसेन्स छापिए, एक वर्षभन्दा कम म्यादका अब नछापिने
-
राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयकलाई परिस्कृत गर्न सहजीकरण गर्ने शिक्षामन्त्रीको प्रतिबद्धता
-
पासपोर्ट बनाउन कति सहज ?
-
१७ लाख ३० हजार बराबरका मोटरसाइकल बरामद
-
‘लुपर’ किराको प्रकोपले झापाको चिया क्षेत्र सङ्कटमा, उत्पादनदेखि निर्यातसम्म असर पर्ने चिन्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण