नेकपा एमाले
खोटाङमा देवविक्रम राई र धनकुटामा राजेन्द्र राई एमालेकाे उम्मेदवार
आइतबार, ०४ माघ २०८२, ०४ : २३
सारांश
- एमालेले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि खोटाङ र धनकुटामा उम्मेदवारको टुंगो लगाएको छ।
- शनिबार बसेको सचिवालय बैठकले खोटाङबाट देवविक्रम राई र धनकुटाबाट राजेन्द्र राईलाई उम्मेदवार चयन गरेको हो।
- राजेन्द्र राई यसअघि पनि धनकुटा क्षेत्रबाट निर्वाचित भइसकेका छन्।
काठमाडौँ । नेकपा (एमाले) ले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि खोटाङ र धनकुटामा उम्मेदवारको टुंगो लगाएको छ ।
शनिबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा बसेको सचिवालय बैठकले खोटाङबाट देवविक्रम राई र धनकुटाबाट राजेन्द्र राईलाई प्रतिनिधिसभा उम्मेदवार चयन गरेको हो । दुवै जिल्लामा प्रतिनिधिसभा अन्तर्गत एक–एक मात्र निर्वाचन क्षेत्र रहेका छन् ।
धनकुटाका उम्मेदवार राजेन्द्र राई यसअघि पनि सोही क्षेत्रबाट निर्वाचित भइसकेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्री शाहले हस्तकला महासङ्घका प्रतिनिधिसँग छलफल गर्दै
-
इरानी आणविक केन्द्रलाई निशाना बनाउने ट्रम्पको चेतावनी
-
नेतान्याहुलाई पक्राउ गर्ने अधिकार न्युयोर्कलाई छैन, सङ्घीय सरकारले आवश्यक कदम चालोस् : ममदानी
-
बर्ड फ्लुका बारेमा भ्रम र तथ्य
-
चेक बाउन्स कानुन : वास्तविक कारोबारको खोजी कहिले ?
-
फ्रान्समा १५ वर्षमुनि बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण