रौतहटका चारवटै क्षेत्रमा एमाले उम्मेदवार टुङ्गो लाग्यो
आइतबार, ०४ माघ २०८२, ०९ : ४६
सारांश
- नेकपा एमालेले रौतहट जिल्लाका चारवटै क्षेत्रमा आगामी फागुन २१ गते हुने निर्वाचनका लागि उम्मेदवारको टुङ्गो लगाएको छ।
- शनिबार बसेको पार्टीको केन्द्रीय कमिटी बैठकले उम्मेदवारहरूको नाम अनुमोदन गरेको हो।
- क्षेत्र नम्बर १ बाट अजय कुमार गुप्ता, क्षेत्र नम्बर २ बाट शैलेन्द्र कुमार साह, क्षेत्र नम्बर ३ बाट कुन्दन कुशवाहा र क्षेत्र नम्बर ४ बाट रामजी साह सोनार उम्मेदवार बन्ने भएका छन्।
रौतहट । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि नेकपा एमालेले रौतहट जिल्लाका चारवटै क्षेत्रमा उम्मेदवारको टुङ्गो लगाएको छ।
शनिबार बसेको पार्टीको केन्द्रीय कमिटी बैठकले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि रौतहटका चारवटै क्षेत्रमा एमालेबाट उठ्ने उम्मेदवारहरूको नाम औपचारिक रूपमा अनुमोदन गरेको हो।
केन्द्रीय कमिटीको निर्णयअनुसार रौतहट क्षेत्र नम्बर १ बाट अजय कुमार गुप्ता, क्षेत्र नम्बर २ बाट शैलेन्द्र कुमार साह, क्षेत्र नम्बर ३ बाट कुन्दन कुशवाहा र क्षेत्र नम्बर ४ बाट रामजी साह सोनार उम्मेदवार बन्ने भएका छन्।
स्थानीय सङ्गठनको सिफारिस, जनसमर्थन, राजनीतिक सक्रियता तथा पार्टीप्रतिको प्रतिबद्धतालाई आधार मानेर उम्मेदवार टुङ्ग्याइएको एमालेले जनाएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘झन्डै सात हजार कर्मचारीले कार्यालय समय पालना गरेनन्’
-
‘रङ्गमञ्च प्रवेशपछि मभित्रको ‘स्टारडम’ को अहङ्कार मेटियो’
-
कर्णालीका मुख्यमन्त्री भन्छन्—विगतजस्तै बालेन सरकारले पनि बजेटमा कर्णालीलाई उपेक्षा गर्यो
-
होल्डिङ सेन्टरमा रहेका ३६ वर्षीय दर्जीको मृत्यु, कुलमानले भने, ‘राज्यले जिम्मेवारी भुल्यो’
-
‘संगीत व्यावसायिक बन्दैछ, तैपनि कलाकारका दुःख सकिएनन्’
-
पाँचथरमा तीन सडक खण्ड ठप्प : कुन सडकको अवस्था कस्तो छ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण