बुधबार, ०६ साउन २०८३
ताजा लोकप्रिय

विशेष महाधिवेशनले गगनकाे नेतृत्वमा परिपक्व परिणाम दियो : पूर्वमन्त्री अधिकारी

आइतबार, ०४ माघ २०८२, १० : ३९
आइतबार, ०४ माघ २०८२

सारांश

  • पूर्व मन्त्री रामनाथ अधिकारीले विशेष महाधिवेशन सफलतापूर्वक सम्पन्न भएकोमा खुसी व्यक्त गर्दै गगन थापालाई बधाई दिए।
  • कांग्रेस धादिङले पार्टी सुधार र रूपान्तरणका बहसलाई स्वीकार्दै परिपक्व परिणाम आएको विश्वास व्यक्त गरेको छ।
  • जिल्ला कार्यसमितिले पार्टीलाई एकताबद्ध भई संगठन विस्तार र आगामी निर्वाचनमा केन्द्रित हुन आह्वान गरेको छ।

काठमाडौँ । पूर्व मन्त्री तथा नेपाली कांग्रेस जिल्ला कार्यसमिति धादिङका सभापति रामनाथ अधिकारीले पार्टीको विशेष महाधिवेशन सफलतापूर्वक सम्पन्न भएकोमा सन्तोष व्यक्त गर्दै सभापतिमा निर्वाचित गगन कुमार थापा नेतृत्वको टिमलाई बधाई दिएका छन्।

कांग्रेस नेता शेखर कोइराला निकट रहेका सभापति रामनाथ अधिकारीले बधाई दिँदै निर्वाचनमा लाग्न आग्रह गरेका छन् । नेपाली कांग्रेस धादिङले पार्टीको विशेष महाधिवेशन तथा पार्टी सुधार र रूपान्तरणका क्रममा चलेका बहस तथा गतिविधिहरूलाई विचार–मन्थनको स्वाभाविक अभ्यासका रूपमा ग्रहण गर्दै त्यसबाट परिपक्व परिणाम निस्किएको विश्वास व्यक्त गरेको छ ।

अधिकारीले जारी गरेको विज्ञप्तिमा नेपाली कांग्रेस नेपालको लोकतन्त्र, जनअधिकार, नागरिक स्वतन्त्रता, संवैधानिक सर्वोच्चता, विधिको शासन र उदार अर्थनीतिको संस्थापक तथा संरक्षक पार्टी भएको उल्लेख गरिएको छ । 

लोकतान्त्रिक राष्ट्रशक्तिको रूपमा कांग्रेसले आफूलाई जनभावना अनुकूल विधिसम्मत र समयानुकूल रूपान्तरण गर्दै देश र जनताको हितमा समर्पित हुनुपर्ने दायित्व रहेको विज्ञप्तिमा जनाइएको छ ।

विज्ञप्तिमा भ्रष्टाचारको अन्त्य, सुशासन र अभिव्यक्ति स्वतन्त्रताको पक्षमा गत भदौ २३ गते जेन–जेङ (जेन्जी) तथा नवयुवा पुस्ताले गरेको आन्दोलनको भावनालाई आत्मसात् गर्दै पार्टीभित्र नीति र नेतृत्व परिवर्तन, रूपान्तरण र सुधारको एजेन्डासहित विशेष महाधिवेशन सम्पन्न भएको उल्लेख छ। उक्त महाधिवेशनबाट नयाँ नीति निर्माण र नेतृत्व चयन भएको जनाउँदै जिल्ला कार्यसमितिले यसलाई सकारात्मक कदमको रूपमा लिएको छ।

विज्ञप्तिमा पार्टीका धादिङका क्रियाशील सदस्य, क्षेत्रीय प्रतिनिधि, पार्टी तथा भातृ–शुभेच्छुक संस्थाका इकाइ, टोल तथा वडा कार्यसमिति, गाउँ/नगर कार्यसमिति, प्रदेश र जिल्ला तहका पदाधिकारी, महाधिवेशन प्रतिनिधि तथा प्रदेश अधिवेशन प्रतिनिधिहरूलाई एकताबद्ध भएर पार्टी सङ्गठन विस्तार, सुदृढीकरण र सक्रियताका साथ अगाडि बढ्न आह्वान गरिएको छ।

साथै आगामी फागुन २९ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा पार्टी र पार्टीले तय गर्ने उम्मेदवारको पक्षमा जनताको बीचमा केन्द्रित हुन जिल्ला कार्यसमितिले अपिल गरेको छ।

617511603_1427072885597602_4984813065265161252_n

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप