५ वर्षअघि लुटपाटमा संलग्न प्रहरीका घुमुवा अहिले रकम उठाएको आरोपमा पक्राउ
सारांश
- काठमाडौँ उपत्यका प्रहरी कार्यालयका हवलदार धिरेन विष्ट घुस लिएको आरोपमा पक्राउ परेका छन्।
- विष्टले लागुऔषध कारोबार गर्ने व्यक्तिसँग ४ लाख घुस लिएको आरोप छ।
- यसअघि विष्ट हुन्डीको रकम लुटेको आरोपमा पक्राउ परेका थिए, र उनलाई अहिले अनुसन्धानको लागि हिरासतमा राखिएको छ।
काठमाडौँ । काठमाडौँ उपत्यका प्रहरी कार्यालयको घुमुवाको रूपमा कार्यरत एक जना प्रहरी हवलदार ‘घुस’ लिएको आरोपमा पक्राउ परेका छन् । पक्राउ पर्नेमा हवलदार धिरेन विष्ट छन् ।
लागुऔषध कारोबार गर्नेसँग उनले ४ लाख घुस लिएको भेटिएपछि पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एक जना अधिकृतले रातोपाटीलाई बताए ।
तिनै विष्ट पाँच वर्षअघि हुन्डीको रकम लुटेको आरोपमा पक्राउ परेका थिए । २०७७ असारमा न्युरोडमा हुन्डीको १० लाख लुटेको आरोपमा पक्राउ पर्दा उनी जिल्ला प्रहरी परिसर काठमाडौँको घुमुवा थिए ।
अहिले उनी उपत्यकाको प्रहरीको सवैभन्दा माथिल्लो युनिट काठमाडौँ उपत्यका प्रहरी कार्यालयको सादा पोसाकमा परिचालित प्रहरी कर्मचारी हुन् ।
उनलाई जिल्ला प्रहरी परिसर काठमाडौँको हिरासतमा राखेर प्रहरीले अनुसन्धान गरिरहेको छ । हुन्डी कारोबारीसँग रकम लुटेको मुद्दामा सफाइ पाएर प्रहरी सेवामा फर्केका विष्ट फेरि कसरी सादा पोसाकको जिम्मेवारी खटिए भन्नेबारे प्रश्न उठेको छ ।
उपत्यका प्रहरी कार्यालयमा एआईजी टेकबहादुर तामाङ हुँदा उनले नै विष्टलाई सादा पोसाकमा खटिने ‘इन्टेलिजेन्स’को जिम्मेवारी दिएको उपत्यका प्रहरी कार्यालयका अधिकृतहरू बताउँछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मेसीले बनाए सर्वाधिक गोलको ऐतिहासिक रेकर्ड
-
कोशी प्रदेशको बजेट यथार्थपरक छैन, अंकगणितमै त्रुटि छ: पूर्वमुख्यमन्त्री राजेन्द्र राई
-
ठमेलमा अवाञ्छित गतिविधिमा संलग्न ७ विदेशी नागरिक पक्राउ
-
पुरानै दलहरूको बाटोमा रास्वपा, व्यवस्थापकीय कमजोरीका कारण प्रतिनिधिमाथि थपिँदै छ भार
-
थप कक्षा सञ्चालन अनुमतिको माग गर्दै निजी विद्यालय सञ्चालक आन्दोलित, दबाब दिन बालबालिका प्रयोग
-
ऐतिहासिक रेकर्ड बनाउन पेनाल्टीमा चुके मेसी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण