आइतबार, २१ असार २०८३
ताजा लोकप्रिय
राजनीति

काठमाडौँका ६ निर्वाचन क्षेत्रमा राप्रपाले टुंग्यायो उम्मेदवार, कहाँ को ?

आइतबार, ०४ माघ २०८२, १७ : ३४
आइतबार, ०४ माघ २०८२

सारांश

  • राप्रपाले फागुन २१ को प्रतिनिधिसभा निर्वाचनका लागि काठमाडौँका ६ निर्वाचन क्षेत्रमा उम्मेदवार टुंगो लगाएको छ।
  • क्षेत्र नं. ३ मा सुन्दरसिंह बोहरा, ४ मा डा.सुरेन्द्र भण्डारी, ५ मा कमल थापा लगायत उम्मेदवार छन्।
  • काठमाडौँका १, २, ७ र ९ निर्वाचन क्षेत्रमा भने उम्मेदवारको टुंगो लाग्न बाँकी छ।

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले फागुन २१ को प्रतिनिधिसभा निर्वाचनका लागि काठमाडौँका १० मध्ये ६ वटा निर्वाचन क्षेत्रमा आफ्ना उम्मेदवारहरूको नाम टुङ्ग्याएको छ। 

राप्रपा स्रोतका अनुसार बाँकी चार क्षेत्रमा भने अझै छलफल भइरहेको छ। स्रोतका अनुसार क्षेत्र नं. ३ मा सुन्दरसिंह बोहरा, क्षेत्र नं. ४ मा डा.सुरेन्द्र भण्डारी (वरिष्ठ अधिवक्ता), क्षेत्र नं. ५ मा कमल थापा, क्षेत्र नं. ६ मा उद्धवराज भेटवाल, क्षेत्र नं. ८ मा नवीन शाही र क्षेत्र नं. १० मा बलराम थापा उम्मेदवार टुङ्गो लागेको छ । 

काठमाडौँ निर्वाचन क्षेत्र नं. १, २, ७ र ९ मा भने उम्मेदवारको नाम टुङ्ग्याउन बाँकी रहेको र हाल छलफलकै क्रममा रहेको स्रोतले जनाएको छ। 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप