नयाँ नेतृत्व चुन्दै भियतनामको कम्युनिस्ट पार्टी
हनोई । भियतनामको सत्तारुढ कम्युनिस्ट पार्टीले नयाँ नेतृत्व चयन र आगामी पाँच वर्षका लागि प्रमुख आर्थिक लक्ष्यहरू निर्धारण गर्न आफ्नो महत्त्वपूर्ण महाधिवेशनको तयारी गरेको छ। हरेक पाँच वर्षमा हुने यो महाधिवेशनले भियतनामको आर्थिक तथा परराष्ट्र नीति तय गर्नुका साथै सबैभन्दा शक्तिशाली पद 'महासचिव' को चयन समेत गर्नेछ।
वर्तमान महासचिव ६८ वर्षीय टो लाम फेरि पनि सो पदका लागि बलियो दाबेदार देखिएका छन्। सन् २०२४ अगस्टमा नेतृत्व सम्हालेयता उनले देशमा महत्वाकांक्षी सुधारका कार्यक्रमहरू अघि बढाइरहेका छन्।
चीनको आर्थिक मोडेललाई पछ्याउँदै निर्यातमा आधारित अर्थतन्त्रका माध्यमबाट भियतनाम दक्षिण-पूर्वी एसियाकै तीव्र गतिमा बढिरहेको अर्थतन्त्र बनेको छ। तर, भ्रष्टाचार र अन्तर्राष्ट्रिय व्यापारिक युद्ध यसका लागि ठुला चुनौती बनेका छन्।
पछिल्लो समय भ्रष्टाचारकै कारण दुई जना राष्ट्रपतिले पद गुमाउनु परेको थियो। अर्कोतर्फ, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले घोषणा गरेको भन्सार शुल्क (ट्यारिफ) को त्रासले पनि भियतनामलाई घेरेको छ। सुरुमा ४६ प्रतिशतको चेतावनी दिए पनि हाल भियतनामी सामानमा २० प्रतिशत भन्सार शुल्क लाग्ने बताइएको छ। यद्यपि, अमेरिकासँगको व्यापारमा अहिले पनि २८ प्रतिशतको ऐतिहासिक वृद्धि देखिएको छ।
एकदलीय समाजवादी प्रणालीका कारण नीतिगत निरन्तरता हुनुले विदेशी लगानीकर्ताहरूका लागि भियतनाम सुरक्षित गन्तव्य बनेको छ। धेरै कम्पनीहरूले चीनको विकल्पका रूपमा भियतनाममा आफ्ना कारखानाहरू सारिरहेका छन्। भियतनामले आगामी सन् २०२६ का लागि १० प्रतिशतको ठुलो आर्थिक वृद्धिको लक्ष्य राखेको छ, जुन अहिलेको ६ प्रतिशतको औसत वृद्धिभन्दा निकै बढी हो।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यी हुन् मिर्गौला क्यान्सरका संकेत
-
पक्षपातको आरोपबारे अर्जेन्टिनी मिडफिल्डर भन्छन्, ‘हाम्रो मुस्कानले उनीहरूलाई बिझाउँछ’
-
राजधानीको कीर्तिपुरमा कारमा एक्कासि आगो लाग्यो, चालकको मृत्यु
-
रक्षा आपूर्ति शृङ्खला मजबुत बनाउन ट्रम्पको नयाँ आदेश, घरेलु उत्पादनमा जोड
-
आगामी दुई दिन भारी वर्षाको सम्भावना छैन: मौसम विभाग
-
ज्येष्ठ नागरिकका लागि छुट्टै अन्तर्राष्ट्रिय महासन्धि बनाउँदै संयुक्त राष्ट्रसंघ, नेपाली मुद्दा समेट्न दबाब
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण