सोमबार, ०८ असार २०८३
ताजा लोकप्रिय

आचारसंहिता लाग्नुअघि नेपाल प्रहरीमा ठूलो हेरफेर : ४८ एसपीको एकसाथ सरुवा

सोमबार, ०५ माघ २०८२, ०८ : ५९
सोमबार, ०५ माघ २०८२

सारांश

  • नेपाल प्रहरी प्रधान कार्यालयले निर्वाचन आचारसंहिता लागु हुनु अघि ठूलो संख्यामा एसपीहरूको सरुवा गरेको छ।
  • मानवश्रोत विकास विभागले ४८ जना एसपीहरूको सरुवा गरेको सूचना जारी गरेको छ।
  • आचारसंहिता लागु भएपछि सरुवा रोकिने भएकाले प्रहरीले पहिले नै हेरफेर गरेको हो।

काठमाडौँ । नेपाल प्रहरी प्रधान कार्यालयले निर्वाचन आचारसंहिता लाग्नुअघि नै ठूलो संख्यामा प्रहरी उपरीक्षक (एसपी) हरूको सरुवा गरेको छ। प्रधान कार्यालयस्थित मानवश्रोत विकास विभागले एक सूचना जारी गर्दै ४८ जना एसपीको सरुवा गरेको हो।

विभागले आवश्यकतानुसार सरुवा गर्नुपरेको जनाउँदै २०८२ साल माघ महिनादेखिकै तलब तथा भत्ता हाल सरुवा भएको दरबन्दीबाट खान पाउने गरी निर्णय गरेको छ। आचारसंहिता लागू भएपछि कर्मचारी तथा सुरक्षाकर्मीको सरुवा बढुवा गर्न निर्वाचन आयोगको अनुमति लिनुपर्ने वा रोकिने भएकाले त्यसअगावै प्रहरीले जिल्ला तथा विभागहरूमा कमाण्डर हेरफेर गरेको हो।

प्रधान कार्यालयले सरुवा भएका एसपीहरूको अभिलेखमा आवश्यक व्यहोरा जनाउन र आवश्यक कारबाही अगाडि बढाउन मातहतका सम्बन्धित कार्यालयहरूलाई पत्राचारसमेत गरिसकेको छ।

612849235_821284557624376_5680670193549121470_n617210053_1132412715487589_130368307762712544_n612830197_2053523542094561_2357755782585675817_n615326630_2087111908755668_6971030243683753035_n617565540_1644448540050686_2193485813123408954_n

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप