राजीनामा दिने तयारीमा खेलकुदमन्त्री, सञ्चारमन्त्रीले पनि निर्णय लिँदै
सोमबार, ०५ माघ २०८२, १० : ४३
सारांश
- खेलकुदमन्त्री बब्लु गुप्ताले राजीनामा दिने तयारी गरेका छन्।
- गुप्ताले रास्वपाबाट टिकट पाउने भएपछि राजीनामा दिन लागेका हुन्।
- प्रधानमन्त्रीसँगको भेटमा उनले राजीनामाबारे जानकारी गराएका थिए।
काठमाडौँ । खेलकुदमन्त्री बब्लु गुप्ताले राजीनामा दिने तयारी गरेका छन् । गुप्ताले सोमबार दिउँसोसम्ममा राजीनामा दिने तयारी गरेको उनका स्वकीय सचिव विनोद रिमालले जानकारी दिए ।
गुप्ताले रास्वपाबाट सिराहामा टिकट पाउने पक्कापक्की भएसँगै राजीनामा दिन लागेको बताइएको छ । गुप्ता रास्वपाको गतिविधिमा लागेको भन्दै यसअघिदेखि नै उनले राजीनामा दिनुपर्ने आवाज उठ्दै आएको थियो ।
आइतबार प्रधानमन्त्री सुशीला कार्कीसँगको भेटमा समेत गुप्ताले आफूले राजीनामा दिने बताएका थिए । यसैबिच सञ्चारमन्त्री जगदीश खरेलसमेत ललितपुरबाट चुनाव लड्ने अन्तिम तयारीमा पुगेका छन् । प्राविधिक विषयहरू मिलेपछि मन्त्रीको राजीनामा आउने उनका स्वकीय सचिव उद्धव भट्टराईले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अण्डाको मूल्य बढ्यो, कति पुग्याे प्रतिक्रेट ?
-
नखाई कति दिनसम्म बाँच्न सक्छ मान्छे ?
-
देशभरका मुख्य राजमार्गमा बाढी र पहिरोको कहर, कहाँ कहाँ छ अवरोध? (पूर्ण विवरण)
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण