शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

रास्वपाबाट चुनाव लड्न कार्यकारी निर्देशक गजुरेलले दिए राजीनामा

सोमबार, ०५ माघ २०८२, १२ : ५६
सोमबार, ०५ माघ २०८२

सारांश

  • नेपाल इन्टरमोडल यातायात विकास समितिका कार्यकारी निर्देशक आशिष गजुरेलले राजीनामा दिएका छन्।
  • गजुरेलले आगामी निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीबाट चुनाव लड्न राजीनामा दिएका हुन्।
  • उनले सिन्धुली क्षेत्र नम्बर २ बाट चुनाव लड्ने तयारी गरेका छन्।

काठमाडौँ । नेपाल इन्टरमोडल यातायात विकास समितिका कार्यकारी निर्देशक आशिष गजुरेलले राजीनामा दिएका छन् । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा चुनाव लड्नको लागि कार्यकारी निर्देशकबाट राजीनामा दिएका हुन् ।

गजुरेल राष्ट्रिय स्वतन्त्र पार्टीबाट निर्वाचनमा उम्मेदवारको लागि टिकट लिएका छन् । उनले रास्वपाबाट सिन्धुली क्षेत्र नम्बर २ बाट चुनाव लड्ने तयारी गरेका छन् । 

सरकारले २०८१ कात्तिकमा उनलाई दोस्रो कार्यकालको लागि समितिको कार्यकारी निर्देशकमा पुनः नियुक्त गरेको थियो । सरकारले पाँच वर्षका लागि पुनः नियुक्ति गरेको एक वर्ष पछि पदबाट राजीनामा दिएर रास्वपाबाट निर्वाचन लड्ने भएका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप