रास्वपाले बनायो प्रकाशलाई समानुपातिक उम्मेदवार, जसको रक्ताम्य जुत्ता बनेको थियो जेनजी आन्दोलनको आइकन
सारांश
- राष्ट्रिय स्वतन्त्र पार्टीले जेनजी आन्दोलनमा घाइते भएका प्रकाशबहादुर बोहोरालाई समानुपातिक उम्मेदवार बनाएको छ।
- निर्वाचन आयोगले सार्वजनिक गरेको बन्दसूचीमा बोहोराको नाम खसआर्यतर्फ चार नम्बरमा समावेश छ।
- रास्वपाको बन्दसूचीमा जेनजी घाइते बोहोरा, कालिकोटका पवन शाही लगायतका व्यक्तिहरुको नाम छ।
सुर्खेत । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा घाइते भएका दैलेखका प्रकाश प्रकाशबहादुर बोहोरालाई समानुपातिक उम्मेदवार बनाएको छ ।
निर्वाचन आयोगले सार्वजनिक गरेको रास्वपाको समानुपातिक बन्दसूचीमा खसआर्यतर्फ बोहोराको नाम चार नम्बरमा समावेश भएको हो ।
रास्वपाले बन्दसूची दर्ता गराउँदा कर्णालीबाट तीन जनाको नाममात्रै समावेश गरेको थियो, जसमा रुकुम पश्चिमबाट प्रेमबहादुर बोहोरा, सिर्जना ओली ‘सिज्जू’ र हुम्लाबाट टासी ल्हान्जोमको नाम थियो ।
सिज्जुले आफ्नो नाम फिर्ता लिएकी थिइन् भने टासीको नाम भूराजनीतिक कारण भनेर रास्वपाले नै हटाइदिएको चर्चा छ । सार्वजनिक बन्दसूचीमा भने कर्णालीका ५ जना समावेश भएका छन् ।
रास्वाको बन्दसूचीमा जेनजी घाइते बोहोरा, कालिकोटका पवन शाही, रुकुम पश्चिमका बोहोरा र सुर्खेतमा हिरालाल बादी र सीता बादीको नाम समेटिएको छ ।
दैलेख नारायण नगरपालिका—८ का बोहोरा जेनजी आन्दोलनमा घाइते भएका थिए । उनको रक्ताम्य एउटा जुत्ता जेनजी आन्दोलनको ‘आइकन’कै रूपमा चर्चित भएको थियो ।
२३ गते जेनजी आन्दोलनका क्रममा काठमाडौँको नयाँ बानेश्वरमा उनलाई गोली लागेको थियो । प्रकाश अझै अस्पतालमै छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
देशभर मनसुनी वायुको प्रभाव, यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
-
धान रोपाइँमा हराए गोरु र राँगा, बढ्यो ट्याक्टर र पावर टिलरको प्रयोग
-
सुदूरपश्चिम चलचित्रकर्मी सङ्घ गठन
-
काठमाडौँ उपत्यकामा दुर्घटना १९ प्रतिशतले घट्यो
-
महाकालीमा जलस्तर घटेपछि बनबासा पुलमा यातायात सञ्चालन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण