अहिलेसम्मकै न्यूनस्तरमा ओर्लियो चीनको जन्मदर
सारांश
- २०२५ मा चीनको जन्मदर इतिहासकै सबैभन्दा न्यूनस्तरमा झरेको छ, प्रति हजारमा ५.६३ मात्र जन्मदर रहेको छ।
- लगातार चौथो वर्ष चीनको जनसंख्या घटेको छ, जसले गर्दा सरकारको सन्तान जन्माउन प्रोत्साहन गर्ने प्रयासलाई धक्का लागेको छ।
- जनसांख्यिक चुनौतीका बाबजुद चीनको अर्थतन्त्रले २०२५ मा ५ प्रतिशत वृद्धिदर हासिल गरेको छ, निर्यातमा भएको वृद्धिले अर्थतन्त्रलाई धानेको छ।
बेइजिङ । २०२५ मा चीनको जन्मदर इतिहासकै सबैभन्दा न्यूनस्तरमा झरेको छ । त्यहाँको राष्ट्रिय तथ्याङ्क ब्युरोका अनुसार प्रति हजार जनसंख्यामा जन्मदर ५ दशलमव ६३ मात्र रहेको छ । यो २०२३ को कीर्तिमानी न्यून स्तरभन्दा पनि कम हो ।
२०२३ मा चीनको प्रतिहजार जन्मदर ६ दशमलव ३९ कम थियो । यससँगै चीनको जनसंख्या लगातार चौथो वर्ष घटेको छ । जन्मदर घट्दै जानुले दशकौंसम्मको ‘एक सन्तान नीति’ खारेज गरेपछि पनि युवा पुस्तालाई सन्तान जन्माउन प्रेरित गर्ने चीन सरकारको प्रयासलाई ठूलो धक्का पुगेको विश्लेषकहरूले बताएका छन् ।
यो प्रवृत्तिले दीर्घकालमा विश्वकै दोस्रो ठूलो अर्थतन्त्रमा गहिरो असर पार्ने चिन्ता बढाएको छ । गत वर्ष चीनमा ७९ लाख २० हजार शिशु जन्मिएका थिए भने १ करोड १३ लाख १० हजार जनाको मृत्यु भयो । सो अवधिमा चीनको कुल जनसंख्या ३३ लाख ९० हजारले घटेर २०२५ मा १ अर्ब ४० करोड मा झरेको छ । भारतपछि चीन दोस्रो धेरै जनसंख्या भएको देश हो ।
जनसांख्यिक चुनौतीबीच पनि चीनको अर्थतन्त्रले सन २०२५ मा ५ प्रतिशत वृद्धिदर हासिल गरेको छ । यो सरकारको झन्डै ५ प्रतिशतको लक्ष्यसँग मेल खान्छ ।
अमेरिकासँगको व्यापार तनाव र आन्तरिक उपभोग कमजोर भए पनि निर्यातमा आएको वृद्धिले अर्थतन्त्रलाई धानेको अधिकारीहरूले बताएका छन् । गत वर्ष बाँकी विश्वसँगको व्यापारमा चीनले १२ खर्ब डलरको बचत गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्राधिकरणद्वारा मोरङ र सुनसरीका विद्युत् वितरण प्रणालीको अनुगमन
-
कर्णालीमा बल्ल बस्यो एमाले संसदीय दलको बैठक, के गर्लान् मुख्यमन्त्री ?
-
काँकडभिट्टा–लौकही सडक विस्तार तीव्र : पूर्वी खण्डमा कालोपत्रे गर्ने कार्य धमाधम
-
बागमती सफाइ महाअभियान ६८९औँ हप्तामा प्रवेश
-
नेपाली कला र संस्कृति झल्काउन क्यानडामा ‘नेपाल फेस्टिभल’
-
हुथी विद्रोहीद्वारा साउदी अरेबियामा आक्रमण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण