राजनीति
उम्मेदवार टुंग्याउन कांग्रेस संसदीय बोर्डको बैठक बस्दै
सोमबार, ०५ माघ २०८२, १२ : ०४
सारांश
- नेपाली कांग्रेसको संसदीय बोर्ड बैठक फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवार चयन गर्न बस्दैछ।
- सहमहामन्त्री डा. डिला संग्रौला पन्तका अनुसार, अहिलेसम्म कुनै पनि उम्मेदवार फाइनल भएको छैन।
- टिकट वितरणका लागि निवर्तमान सभापति र डा. शेखर कोइराला समूहलाई मिलाउने प्रयास भइरहेको छ।
काठमाडौँ । फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि पार्टीका तर्फबाट उम्मेदवार टुंग्याउन नेपाली कांग्रेसको संसदीय बोर्डको बैठक बस्दैछ । पार्टीको उम्मेदवार तय गर्न केही बेरमा बैठक बस्ने तयारी रहेको सहमहामन्त्री डा.डिला संग्रौला पन्तले जानकारी दिइन् ।
‘अहिलेसम्म कतैको पनि उम्मेदवार फाइनल भएको छैन । केही बेरमा टुंग्याउन संसदीय बोर्डको बैठक बस्दैछौँ,’ सहमहामन्त्री डा. संग्रौलाले रातोपाटीसँग भनिन्, ‘सबैलाई मिलाएर उम्मेदवारको टिकट वितरण गर्ने प्रयास भएकाले केही ढिलो भएको हो । अब मिलाउँछौँ ।’
उनले निवर्तमान सभापति र डा. शेखर कोइराला समूहलाई पनि मिलाएर टिकट वितरणको प्रयास भइरहेको जानकारी दिइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्री शाहले हस्तकला महासङ्घका प्रतिनिधिसँग छलफल गर्दै
-
इरानी आणविक केन्द्रलाई निशाना बनाउने ट्रम्पको चेतावनी
-
नेतान्याहुलाई पक्राउ गर्ने अधिकार न्युयोर्कलाई छैन, सङ्घीय सरकारले आवश्यक कदम चालोस् : ममदानी
-
बर्ड फ्लुका बारेमा भ्रम र तथ्य
-
चेक बाउन्स कानुन : वास्तविक कारोबारको खोजी कहिले ?
-
फ्रान्समा १५ वर्षमुनि बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण