प्रदीपको फिल्म ‘एक्लो’ दोस्रो सातामा : कति गर्यो कमाई ?
सारांश
- अभिनेता प्रदीप खड्काको फिल्म 'एक्लो'ले दोस्रो हप्तामा न्यून व्यापार गर्यो।
- फिल्मले पहिलो हप्तामा ४३ लाख कमाएकोमा दोस्रो हप्तामा ३ लाखको व्यापार गर्यो।
- 'एक्लो' नेपालको पहिलो साइन्स फिक्सन फिल्म हो, जसमा विजय लामा लगायतका कलाकारको अभिनय छ।
काठमाडौँ । अभिनेता प्रदीप खड्का अभिनित फिल्म ‘एक्लो’ ले दोस्रो साता एकदमै न्यून व्यापार गरेको छ । पहिलो साता ४३ लाख २५ हजार ४ सय ९८ ग्रस कमाई गर्न सफल भएको फिल्मले दोस्रो साता ३ लाख हाराहारीको व्यवसाय गरेको छ ।
चलचित्र विकास बोर्डले सोमबार सार्वजनिक गरेको फिल्मको गत शनिबार सम्मको बक्स अफिस रिपोर्टमा फिल्मले अहिलेसम्म ४६ लाख ९५ हजार १८३ ग्रस कमाई रहेको छ । यो अवधिमा फिल्मको टिकट भने १४ हजार २ सय ५५ वटा मात्र बिक्री भएको छ ।
गत १७ गतेबाट सार्वजनिक प्रदर्शनमा आएकाे यो फिल्म नेपालमा बनेको पहिलो साइन्स फिक्सन फिल्म हो । प्रदीप शाहीको लेखन तथा निर्देशन रहेको फिल्ममा अभिनेता खड्काको अलावा विजय लामा, सुनिल थापा, दिया पुन, बेनिशा हमाल, दिनेश डीसी, कविता नेपाली, सुरजसिंह ठकुरी, एवन राज उप्रेती, त्रिचु राई, कृष्णभक्त महर्जन, विकास अधिकारी, दिग्गज खत्री, विनोद सुवेदी ‘क्षितिज’, श्रीशेष श्रेष्ठ, बाल कलाकार जेमिन श्रेष्ठ र स्योन सविक सिंहलगायतका कलाकारहरूको अभिनय छ ।
बेलायती अभिनेता जेमी बेकनको समेत फिल्ममा अभिनय देख्न सकिन्छ । एनआरएन समूहको लगानीमा निर्माण भएको फिल्मका कार्यकारी निर्माता विनोद सुवेदी ‘क्षितिज’ हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जातीय भेदभावविरुद्धको दिवस उत्सव नभई प्रतिबद्धता बन्नुपर्छ : आङ्देम्बे
-
बढिरहेका छन् दर्शक, तर छैन नाटकबाटै गुजारा चल्ने अवस्था
-
वेस्ट इन्डिजविरुद्ध श्रीलङ्काको विजयी सुरुआत
-
भक्तपुरको विद्यालयमा भीषण आगलागी, दुई तला क्षतिग्रस्त
-
ट्रम्प–नेतन्याहुबिचको ‘कडा’ फोन वार्ताले इरानसँगको वार्ता जटिल बनायो
-
राष्ट्रसङ्घीय विकास प्रणालीलाई सुदृढ गर्नुपर्नेमा नेपालको जोड
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण