बहुसंस्कृति र पर्वहरूले आपसी एकता सिकाएको छ : अध्यक्ष ओली
सोमबार, ०५ माघ २०८२, १२ : ३१
काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले सोनाम ल्होसार पर्वको अवसरमा शुभकामना व्यक्त गरेका छन् । उनले आज सामाजिक सञ्जालमार्फत तामाङ समुदायको यो प्रमुख पर्वले नेपाली समाजमा उज्यालो छरेको बताएका हुन् । तामाङ समुदायको नयाँ वर्षका रूपमा मनाइने यस दिनले राष्ट्रिय एकतालाई थप मजबुत बनाउने उनको विश्वास छ ।
हिमालको काखमा जन्मिएको नेपालको बहुसंस्कृतिले धेरै मौलिक पर्वहरू उपहार दिएको चर्चा गर्दै अध्यक्ष ओलीले यस्ता सांस्कृतिक उत्सवले नै नेपालीहरूलाई आपसी एकतामा रहन सिकाएको उल्लेख गरे । उनले तामाङ समुदायको विशिष्ट जीवनदर्शन, समृद्ध भाषा, मौलिक वेषभूषा तथा नृत्य र सङ्गीतको सौन्दर्य नै सोनाम ल्होसार पर्वको मुख्य पहिचान भएको बताएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सीपीसी र रास्वपाको विचारधारा फरक भए पनि मूल लक्ष्य जनहित र राष्ट्रिय प्रगति नै हो : महामन्त्री आचार्य
-
‘नेपाललाई भू-जडित मुलुक बनाउन बीआरआई आयोजनालाई तीव्र पार्नुपर्छ’
-
विकास बाहिरबाट आयात गर्ने विषय होइन, नेपालको आफ्नै मोडल चाहिन्छ : शाही
-
मुक्तिनाथबाट फर्किने भारतीय पर्यटकले बागलुङमा चहलपहल
-
ऊर्जामन्त्रीको सय दिन : सुधारको हुटहुटी, कार्यान्वयनमा सकस
-
प्रचण्ड र माधव बुटवलमा, के छ कार्यक्रम ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण