प्रगतिशील लोकतान्त्रिकका उम्मेदवार ‘एकल खुलेको आँखा’ बाटै लड्ने
सारांश
- प्रगतिशील लोकतान्त्रिक पार्टीले आगामी निर्वाचनमा आफ्नै चुनाव चिन्हबाट प्रतिस्पर्धा गर्ने जनाएको छ।
- पार्टी अध्यक्षले अन्य दलको चुनाव चिन्ह लिएर चुनाव लड्ने हल्लालाई भ्रामक भन्दै खण्डन गरेका छन्।
- पार्टीले आफ्ना उम्मेदवारहरू 'एकल खुलेको आँखा' चुनाव चिन्हबाट सहभागी हुने कुरा स्पष्ट पारेको छ।
काठमाडौं । प्रगतिशील लोकतान्त्रिक पार्टीले आगामी प्रतिनिधि सभा सदस्य निर्वाचनमा आफ्ना उम्मेदवारहरूले पार्टीकै आधिकारिक चुनाव चिन्हबाट मात्र प्रतिस्पर्धा गर्ने स्पष्ट पारेको छ।
पार्टी अध्यक्ष सन्तोष परियारले सोमबार एक प्रेस विज्ञप्ति जारी गर्दै पार्टीसँग सम्बद्ध केही व्यक्तिहरू अन्य दलको चुनाव चिन्ह लिएर चुनाव लड्न लागेको भन्ने हल्लामा कुनै सत्यता नभएको बताएका छन्। बजारमा फैलाइएका यस्ता विषयलाई पार्टीले ‘भ्रामक’ भन्दै पूर्ण रूपमा खण्डन गरेको छ।
विज्ञप्तिमा भनिएको छ, ‘प्रगतिशील लोकतान्त्रिक पार्टीको आधिकारिक चुनाव चिन्ह ‘एकल खुलेको आँखा’ रहेको कुरा सर्वविदितै छ। तसर्थ, आगामी फागुनमा हुन गइरहेको निर्वाचनमा हाम्रा उम्मेदवारहरू सोही चिन्हबाट नै सहभागी हुने कुरा स्पष्ट पार्न चाहन्छौं।’
पार्टीले आफ्ना उम्मेदवार र चुनाव चिन्हका विषयमा फैलाइएका भ्रमपूर्ण सूचनाको विश्वास नगर्न आम मतदाता तथा शुभचिन्तकहरूलाई आग्रह समेत गरेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बाँके राष्ट्रिय निकुञ्जमा पूर्वसूचना प्रणाली जडान
-
नेपालमा बालयौन दुराचारको अभियोगमा सजाय काटेका कुम्ब्स अमेरिकमा पनि दोषी ठहर
-
नेपालमा जलवायु-स्मार्ट कृषि विस्तारका लागि अन्तर्राष्ट्रिय सहयोग आवश्यक : मन्त्री चौधरी
-
जिल्ला ट्राफिक प्रहरी कार्यालयबाट एक करोड १४ लाख राजस्व सङ्कलन
-
तस्करीको नयाँ शैली : सिरक र ज्याकेटभित्र सिलिकनमा मिसाएर ल्याइएको साढे ४ किलो कोकेन बरामद
-
जलवायु स्मार्ट कृषि विस्तारको लागि अन्तर्राष्ट्रिय सहयोग आवश्यक : मन्त्री चौधरी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण