गरिमाले सार्वजनिक गरिन् प्रेमी
काठमाडौँ । मोडल तथा अभिनेत्री गरिमा शर्माले प्रेमी सार्वजनिक गरेकी छन् । गत साता ‘प्रमिस रिङ’ लगाएको फोटो सेयर गर्दै आफू प्रेम सम्बन्धमा रहेको जानकारी दिएकी उनले अहिले सामाजिक सञ्जालमार्फत प्रेमी चिनाएकी हुन् ।
उनले इन्स्टाग्राममा प्रेमीसँगका तीन फोटो पोस्ट गर्दै लेखेकी छन्, ‘हामी त्यतिबेला भर्खरैका केटाकेटी थियौँ । अब भने हामी केही वास्तविक बनाउँदैछौँ । विद्यालयदेखिको प्रेम ।’ उनले प्रेमीको नाम भने उल्लेख गरेकी छैनन् ।
उनले प्रेमीको नाम नलिए पनि ती युवकको नाम अञ्जन पौडेल भएको उनलाई प्राप्त कमेन्टबाट थाहा पाउन सकिन्छ । धेरैले दुवैलाई बधाई दिइरहेका छन् । चितवन स्थायी घर भएका उनीहरू दुवैले रत्ननगरस्थित स्काईराइडर कलेजमा सँगै अध्ययन गरेका थिए । अञ्जन टाँडी निवासी हुन् भने गरिमा भरतपुरकी हुन् ।
म्युजिक भिडियोबाट अभिनय थालेकी गरिमा पछिल्लो समय फिल्ममा पनि क्रियाशील छिन् । अञ्जन अहिले अध्ययन तथा रोजगारीको सिलसिलामा अस्ट्रेलियामा रहँदै आएका बुझिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राजधानीको कीर्तिपुरमा गाडीमा एक्कासि आगो लाग्यो, चालकको मृत्यु
-
रक्षा आपूर्ति शृङ्खला मजबुत बनाउन ट्रम्पको नयाँ आदेश, घरेलु उत्पादनमा जोड
-
आगामी दुई दिन भारी वर्षाको सम्भावना छैन: मौसम विभाग
-
ज्येष्ठ नागरिकका लागि छुट्टै अन्तर्राष्ट्रिय महासन्धि बनाउँदै संयुक्त राष्ट्रसंघ, नेपाली मुद्दा समेट्न दबाब
-
कोरियन भाषा परीक्षाका लागि आवेदन खुला
-
अर्जेन्टिनी टोलीलाई स्वदेशमा भव्य स्वागत, मेस्सी अनुपस्थित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण