अमरेशकुमार सिंह र रहबर अन्सारी रास्वपामा प्रवेश
काठमाडौँ । विघटित प्रतिनिधिसभाका स्वतन्त्र सांसद डा. अमरेशकुमार सिंह राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) प्रवेश गरेका छन् ।
सोमबार मधेस प्रदेशको राजधानी जनकपुरमा भएको बलिदानी दिवसको अवसर पारेर सिंह रास्वपा प्रवेश गरेका हुन् ।
लामो समय कांग्रेसको राजनीति गरेका सिंह २०७९ सालको निर्वाचनमा पार्टी छोडेर स्वतन्त्र उम्मेदवारी दिएका थिए । यो पटक रास्वपाबाट सर्लाही ४ बाट उम्मेदवारी दिने घोषणा गरिसकेका छन् ।
यस्तै मधेस प्रदेश सभामा नेपाली कम्युनिस्ट पार्टी(साविक माओवादी केन्द्र)का सांसद रहेका रहबर अन्सारी पनि रास्वपा प्रवेश गरेका छन् । अन्सारीले पार्टीको नीति र नेतृत्वप्रति असन्तुष्टि जनाउँदै केहि दिनअघि पार्टी र प्रदेश सभा सदस्यबाट राजीनामा दिएका थिए ।
कार्यक्रममा बोल्दै अन्सारीले मधेसबाट पहिलोपटक बालेन शाह देशकै नेतृत्वमा पुग्न लागेकाले रास्वपालाई विजयी गराउन अन्सारीले अपिल गरे ।
‘यो देशको नेतृत्वमा पहिलोपटक मधेसबाट बालेन शाह पुग्दैछन् । अहिलेसम्म मधेसबाट कोही पनि नेतृत्वमा पुगेका थिएन । सँगसँगै सभापति रवि लामिछानेले त्याग गर्नुभएको छ । सडेगलेका नेताहरूको कुनै पनि भाषण नसुन्नुहोला । सबै नेताहरूले झुटो आश्वासन मात्र दिए । यसपटक घण्टी चुनाव चिन्हमा भोट हालेर देखाइदिनु होला’, उनले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
गाडी चालक रामबहादुरको शव कर्णाली नदी टापुमा भेटियो
-
बढ्यो प्रचण्डको सक्रियता, माधवपछि ओलीलाई भेटेर प्रदेशबारे निर्णयमा पुग्ने
-
विराटनगर आइपुग्याे रेल कार्गो, तस्बिरहरू
-
तीतो करेलाखेतीमा उज्यालो भविष्य खोज्दै महिलाहरू
-
मार्को रुबियो चीन र रुससँग भेट्न तयार
-
मधेस प्रदेशमा सवारी दुर्घटना बढे पनि मृत्युदर घट्यो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण