सोमबार, २५ जेठ २०८३
ताजा लोकप्रिय

पूर्व मुख्यमन्त्री भट्ट डोटीबाट चुनाव लड्दै

सोमबार, ०५ माघ २०८२, १७ : १७
सोमबार, ०५ माघ २०८२

धनगढी । सुदूरपश्चिम प्रदेशका पूर्वमख्यमन्त्री त्रिलोचन भट्टले डोटीबाट प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार बनेका छन् । नेकपाका नेता उनी नेपाली कम्युनिस्ट पार्टी (नेकपा) बाट उम्मेदवार बनेका हुन् । 

डोटी जिल्लाबाट नेकपाले भट्टलाई प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनाउने निर्णय गरेको हो । 

भट्ट २०७४ सालको निर्वाचनमा नेकपा (माओवादी केन्द्र) तर्फबाट डोटी प्रदेश सभा निर्वाचन क्षेत्र ‘ख’ बाट निर्वाचित भई पाँच वर्षसम्म सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीको जिम्मेवारी सम्हालेका थिए। २०७९ को निर्वाचनमा उम्मेदवार नबनेका उनी यसपटक प्रतिनिधिसभा निर्वाचनमा पुनः उम्मेदवार बन्ने भएका हुन्।

डोटीबाट नेकपाको तर्फबाट उम्मेदवार सिफारिसमा भट्टसहित संविधान सभा सदस्य हर्कबहादुर सिंह, जङ्ग विक, अञ्जिता श्रेष्ठ, सिद्धराज विक, वीरबहादुर थापा, धनबहादुर विष्ट र प्रकाश जोशी गरी आठ जनाको नाम सिफारिस गरिएको थियो।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप