प्रतिनिधिसभा उम्मेदवार बन्न टीकापुरका मेयरले दिए राजीनामा
धनगढी । टीकापुर नगरपालिकाका मेयर रामलाल डगौरा थारूले आफ्नो पदबाट राजीनामा दिएका छन् ।
कैलाली क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभा सदस्यका लागि चुनाव लड्न उनले राजीनामा दिएका हुन् ।
२०७९ सालको स्थानीय चुनावमा उनले नागरिक उन्मुक्ति पार्टीबाट मेयर जितेका थिए । अहिले भने उनी नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को तर्फबाट उम्मेदवार बन्न लागेका छन् । ‘खासमा मैलै २०८४ सालमा हुने चुनावमा प्रदेश सभा सदस्य उठ्ने योजना बनाएको थिएँ । अहिले नै प्रतिनिधि सभाको चुनाव आयो र पार्टीले विश्वास गरेर टिकट दियो । त्यसैले यो नयाँ जिम्मेवारी लिन तयार भएको हुँ,’ उनले भने ।
नियम अनुसार मेयरले उपमेयरलाई लिखित राजीनामा बुझाउनुपर्ने हुन्छ, तर टीकापुरमा उपमेयर पद प्राविधिक रूपमा खालीजस्तै छ ।
उपमेयर खडकबहादुर शाह जग्गा हिनामिना काण्डमा मुछिएका छन् । नगर विकास समितिको जग्गा घोटालामा संलग्न भएको भन्दै अख्तियारले २०८२ माघ २५ गते मुद्दा चलाएपछि उनी निलम्बनमा छन् । दुई वर्षदेखि उनको मुद्दा किनारा नलागेकाले उपमेयरले गर्नुपर्ने धेरै कामहरू अलपत्र परेका छन् ।
टीकापुरको अवस्था
राजीनामाको चर्चासँगै टीकापुर नगरपालिकाको १८औँ नगर सभा पनि सम्पन्न भएको छ । सभाले खानेपानी तथा सरसफाइ र आर्थिक कार्यविधिसम्बन्धी दुई वटा नयाँ कानुन (विधेयक, २०८२) सुझावसहित पास गरेको छ ।
त्यस्तै नगरपालिकाको बजेटको आकार पनि बढेको छ । सुरुमा करिब ९३ करोड ६७ लाखको बजेट ल्याएको नगरपालिकाले पुरानो बचत र रकमान्तर गरेर अब कुल बजेट १ अर्ब ३ करोड ४१ लाख रुपैयाँभन्दा बढी पुर्याएको छ ।
नगर सभाको बैठकमा सदस्य मोहन विकले पेस गरेको हिसाबकिताब अनुसार चालु आर्थिक वर्षमा नगरपालिकाले विभिन्न स्रोतबाट ४० करोड ३२ लाख रुपैयाँ आम्दानी गरेको छ । खर्चतर्फ भने २० करोड जति चालु खर्च र १ करोड ३१ लाख जति विकास ९पुँजीगत० खर्च भएको छ ।
नगरपालिकाका वडाहरू र पशुसेवा शाखाले विकास निर्माणको बजेट (पुँजीगत खर्च) एक पैसा पनि खर्च गर्न सकेका छैनन् । उनीहरूको प्रगति विवरण शून्य प्रतिशत देखिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
परराष्ट्रमन्त्री खनालद्वारा बेलायतका रक्षा मन्त्रीसँग भर्चुअल बैठक
-
औद्योगिक क्षेत्रको बक्यौता नतिर्नेमाथि कठोर कदम: सात दिनभित्र भुक्तानी नगरे सञ्चालक नै पक्राउ पर्ने
-
सरकारद्वारा जिल्ला भूमि समस्या समाधान समिति गठन, प्रमुख जिल्ला अधिकारीलाई अध्यक्षको जिम्मेवारी
-
यार्सागुम्बा सिजनमा सुनसान बने उत्तरी गोरखाका गाउँ
-
टोखाबाट खैरो हिरोइनसहित एक जना पक्राउ
-
सुदूरपश्चिम प्रदेशमा यस्तो बन्यो पुनर्गठित मन्त्रिपरिषद् (सूचीसहित)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण