कैलालीका ५ वटै क्षेत्रमा कांग्रेसको उम्मेदवारी टुंगियो, आरजुले पाइनन् टिकट
सारांश
- कैलालीमा नेपाली कांग्रेसले आगामी निर्वाचनका लागि उम्मेदवारहरूको नाम टुंगो लगाएको छ।
- क्षेत्र नं १ मा जनकराज चौधरी, २ मा विजय स्वार, ३ मा भिम बडुवाल र ४ मा वीर बहादुर बलायरले टिकट पाए।
- क्षेत्र नं ५ (धनगढी क्षेत्र) मा नरनारायण शाह (मनु) ले टिकट सुरक्षित गरेका छन्, जसमा आरजु राणा देउवाको नाम सिफारिस भएपनि उनले टिकट पाइनन्।
धनगढी । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनका लागि कैलाली जिल्लामा नेपाली कांग्रेसले आफ्ना उम्मेदवारहरूको नाम टुंगो लगाएको छ ।
जिल्लाका ५ वटै निर्वाचन क्षेत्रमा कसलाई उठाउने भन्ने लामो रस्साकस्सी र छलफलपछि पार्टीले आधिकारिक उम्मेदवार चयन गरेको हो । यसपटक पुराना र प्रभावशाली आकांक्षीहरूलाई पछि पार्दै पाँच जना नेताले टिकट पक्का गरेका छन् ।
पार्टीले गरेको निर्णयअनुसार क्षेत्र नम्बर १ मा जनकराज चौधरीले टिकट पाएका छन् । यसअघि यहाँबाट ईश्वरी न्यौपाने, डा. रणबहादुर रावल, रामजनम चौधरी र बुद्धिसागर चौधरीजस्ता हस्तीहरूको नाम सिफारिस भएको थियो, तर पार्टीले अन्तिममा जनकराज चौधरीलाई नै विश्वास गरेको छ ।
यस्तै क्षेत्र नम्बर २ मा विजय स्वारले टिकट पाएका छन् । यो क्षेत्रबाट गोपाल बम, ललिता भट्ट, हिमबहादुर रावल लगायत आधा दर्जन बढी नेताहरूको नाम सिफारिस सूचीमा थियो, तर टिकट भने स्वारको हातमा परेको छ ।
क्षेत्र नम्बर ३ मा भिम बडुवाल उम्मेदवार बन्ने पक्का भएको छ । यहाँ खेमराज डंगौरा थारू, अविनाश चौधरी र झंकरबहादुर शाहको पनि दाबी थियो ।
पार्टीको बलियो पकड मानिने क्षेत्र नम्बर ४ मा नेता वीर बहादुर बलायरले टिकट पाएका छन् । यहाँ नैनसिंह महर, टेकराज जोशी (प्रदीप) र लोकराज पाण्डेय (आगो) जस्ता नेताहरू पनि सिफारिसमा परेका थिए । तर, बलायरकै नाममा सहमति जुटेको छ ।
सबैभन्दा धेरै चासोको रूपमा हेरिएको क्षेत्र नम्बर ५ (धनगढी क्षेत्र) मा नरनारायण शाह (मनु) ले टिकट सुरक्षित गरेका छन् । यो क्षेत्रबाट कांग्रेस नेतृ डा. आरजु राणा देउवा, नृपबहादुर वड र डिल्लीराज पन्तको नाम सिफारिस भएको थियो । आरजु राणाले भने टिकट पाइनन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानी आणविक केन्द्रलाई निशाना बनाउने ट्रम्पको चेतावनी
-
नेतान्याहुलाई पक्राउ गर्ने अधिकार न्युयोर्कलाई छैन, सङ्घीय सरकारले आवश्यक कदम चालोस् : ममदानी
-
बर्ड फ्लुका बारेमा भ्रम र तथ्य
-
चेक बाउन्स कानुन : वास्तविक कारोबारको खोजी कहिले ?
-
फ्रान्समा १५ वर्षमुनि बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध
-
बिपी र कान्तिलोकपथमा राति सवारी चलाउन नपाइने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण