धनगढीमा ‘सीप तथा रोजगार मेला’ सुरु
सारांश
- धनगढी उपमहानगरपालिकाले सीप तथा रोजगार मेला सुरु गर्यो, जसको उद्देश्य युवालाई श्रम बजारमा ल्याउनु हो।
- मेलामा विभिन्न स्थानीय तहबाट आवेदन परेको थियो, जसमध्ये छनोट भएकालाई सीपमूलक तालिम दिइनेछ।
- तालिमपछि रोजगारदाता सम्मेलन हुनेछ, जहाँ रोजगारी खोज्ने र दक्ष जनशक्ति आवश्यक पर्नेहरूबीच समन्वय हुनेछ।
कैलाली । धनगढी उपमहानगरपालिकाको आयोजनामा आजदेखि धनगढीमा सीप तथा रोजगार मेला सुरु भएको छ ।
युवा जनशक्तिलाई आन्तरिक श्रम बजारमा ल्याउने उद्देश्यले उपमहानगरपालिकाको आयोजनामा सीप तथा रोजगार मेला सुरु गरिएको उपमहानगरपालिकाका रोजगार संयोजक चन्द्र महराले जानकारी दिए ।
मेलाका लागि सुदूरपश्चिम प्रदेशका ८८ वटै स्थानीय तहबाट पुरुष, महिला र लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समूह गरी तीन हजार ८०२ जनाले आवेदन दिएका थिए । जसमध्ये ६०० जना आवेदकहरूलाई छनोट गरिएको छ । कूल ६०० जनालाई तालिम प्रदान गर्ने लक्ष्य लिइएको उक्त तालिममा सात क्षेत्रका २२ प्रकारका सीपमूलक तालिम सञ्चालन गरिने संयोजक महराले बताए ।
प्रत्येक तालिममा २५ जनाका दरले प्रशिक्षार्थी छनोट गरिनेछ । तालिम दैनिक ६ घण्टा सञ्चालन हुनेछ । तालिमको अवधि जम्मा ३० दिनको हुनेछ । त्यसपछि थप १० दिन रोजगारीमा जान इच्छुक सहभागीहरूका लागि रोजगार परामर्श कार्यशाला सञ्चालन गरिनेछ भने आफ्नै पेसा वा व्यवसाय सुरु गर्न चाहनेहरूका लागि उद्यमशीलता विकास तालिम प्रदान गरिने उपमहानगरपालिकाले जनाएको छ ।
तालिमपश्चात् दुई दिने रोजगारदाता सम्मेलन आयोजना गरिने जनाइएको छ । सम्मेलनमार्फत रोजगारीको खोजीमा रहेका प्रशिक्षार्थीहरू र दक्ष जनशक्ति आवश्यक परेका विभिन्न संस्था तथा कम्पनीबिच प्रत्यक्ष समन्वय गराइने रोजगार संयोजक महराको भनाइ छ । सीप तथा रोजगार मेला आगामी फागुन १२ गतेसम्म सञ्चालन हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दमौली बजारका अवैध संरचना हटाउन आग्रह
-
अर्मेनियाका प्रधानमन्त्रीको दललाई बहुमतको सङ्केत
-
गाडी दुर्घटनामा मुस्ताङ घुमेर फर्कँदै गरेका पाँच जना आन्तरिक पर्यटक घाइते
-
१२ बजे १२ समाचार: सत्ता पक्ष र विपक्षी दलबिच संवादहीनता तोडियो, सुधनको सम्पत्तिमा समितिले देखेन खोट
-
स्वीकृतभन्दा बढी शय्या सञ्चालन गर्ने मेडिकलबाट बेरुजु रकम असुल गरिने
-
परराष्ट्रमन्त्री खनालद्वारा बेलायतका रक्षा मन्त्रीसँग भर्चुअल बैठक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण