शनिबार, २० असार २०८३
ताजा लोकप्रिय

जलेका सपनाहरूलाई फेरि जागृत गर्दै नयाँ पुस्ताको सुन्दर भविष्य साकार बनाउनेछौँ : अध्यक्ष ओली

मङ्गलबार, ०६ माघ २०८२, ०७ : ५५
मङ्गलबार, ०६ माघ २०८२

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आजकाे दिन विशेष दिन भएको उल्लेख गरेका छन् । प्रतिनिधिसभा निर्वाचनको उम्मेदवार मनोनयनको दिनलाई संकेत गर्दै उनले भने– 'हराएका र भत्किएका सपनाहरूलाई फेरि जगाउँदै, सुन्दर भविष्य निर्माण गर्ने सपनाको रोपाइँ आजबाट सुरु हुँदै छ।' 

ओलीले थप भनेका छन्– 'हामीलाई पूरा विश्वास छ—हामी नेपालीले जित्ने छौँ, नेपालले जित्ने छ। जलेका सपनाहरूलाई फेरि जागृत गर्दै नयाँ पुस्ताको सुन्दर भविष्य साकार बनाउने छौँ। आउनुहोस्, यस यात्रामा हामी सबै मिलेर अगाडि बढौँ। '

ओलीले आज झापा ५ बाट एमालेको तर्फबाट उम्मेदवारी दर्ता गराउने तयारी गरेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप