कर्णालीमा राप्रपाले बनायो ज्ञानेन्द्रदेखि कुन्ती शाही र जेनजी अभियन्तासम्मलाई उम्मेदवार
सारांश
- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले कर्णालीका विभिन्न क्षेत्रमा उम्मेदवारहरू उठाएको छ।
- सल्यानमा अनिशा नेपाली, डोल्पामा हरिप्रसाद डाँगी, मुगुमा बल बहादुर मल्ल लगायतका नेताहरू उम्मेदवार बनेका छन्।
- ज्ञानेन्द्र शाही जुम्लाबाट र कुन्ती कुमारी शाही दैलेख-१ बाट पुनः उम्मेदवार बनेका छन्।
सुर्खेत । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले कर्णालीका सबैजसो क्षेत्रमा उम्मेदवार उठाएको छ ।
यसअघि सांसद भएका र चिनिएका अनुहारलाई राप्रपाले मैदानमा उतारेको हो । जस अन्तर्गत सल्यानमा अनिशा नेपाली उम्मेदवार बनेकी छिन् । उनी यसअघि राप्रपाबाटै समानुपातिक सांसद थिइन् ।
यस्तै डोल्पा हरिप्रसाद डाँगी, मुगुमा बल बहादुर मल्ल उम्मेदवार बनेका छन् । जुम्लामा पुनः ज्ञानेन्द्र शाहीनै उम्मेदवार बनेका छन् ।
०७९ को प्रतिनिधि सभा चुनावमा शाही जुम्लाबाट २२ हजार ८१९ मत ल्याएर निर्वाचन जितेका थिए ।
राप्रपाले कालिकोटमा सूर्यबहादुर शाह, जाजरकोटमा कृष्ण विक्रम शाह र दैलेख—१ मा पुनः कुन्ती कुमारी शाहीलाई उम्मेदवार बनाएको छ । शाही ०७९ मा चुनाव लडेर पराजित भएकी थिइन् । राप्रपाको महामन्त्री समेत रहिसकेकी उनी चर्चित महिला नेतृ हुन् ।
यस्तै दैलेख—२ मा बविता शाही, सुर्खेत—१ मा जेनजी अभियन्ता रवि किरण हमाल उम्मेदवार बनेका छन् । यस्तै सुर्खेत—२ मा कविराम पुरी र रुकुम पश्चिममा गोपाल खड्कालाई राप्रपाले टिकट दिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नखाई कति दिनसम्म बाँच्न सक्छ मान्छे ?
-
देशभरका मुख्य राजमार्गमा बाढी र पहिरोको कहर, कहाँ कहाँ छ अवरोध? (पूर्ण विवरण)
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
-
बझाङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण