सिलिगुडीमा पहिलो पटक नेपथ्य गुञ्जिने
सारांश
- नेपाली रक ब्याण्ड नेपथ्य पहिलो पटक भारतको सिलिगुडीमा कन्सर्ट गर्दैछ।
- कन्सर्ट फेब्रुअरी २८ मा कावाखलीस्थित उत्सोधारा टिष्टा टाउनशिपमा आयोजना हुनेछ, जसको व्यवस्थापन पीभीई नेटवर्कले गर्दैछ।
- यो कन्सर्ट पूर्वी भारत र हिमालयन क्षेत्रका नेपाली संगीतप्रेमीहरूका लागि सांस्कृतिक उत्सव हुने अपेक्षा गरिएको छ।
काठमाडौँ । नेपाली लोकरक ब्याण्ड नेपथ्य पहिलो पटक भारतको सिलिगुडीमा गुञ्जिने भएको छ । आगामी फेब्रुअरी २८ मा सिलिगुडीको कावाखलीस्थित उत्सोधारा टिष्टा टाउनशिपमा 'नेपथ्य लाइभ सिलिगुडी' कन्सर्ट आयोजना हुन लागेको हो । भारतमा दर्ता भएको नेपाली कम्पनी पीभीई नेटवर्कले यस भव्य सांगीतिक कार्यक्रमको व्यवस्थापन गर्दैछ ।
उत्तर बंगालको प्रवेशद्वार मानिने सिलिगुडीमा आयोजना हुने यो कन्सर्टलाई पूर्वी भारत र हिमालयन क्षेत्रका नेपाली संगीतप्रेमीहरूका लागि ठुलो सांस्कृतिक उत्सवका रूपमा हेरिएको छ । पीभीई नेटवर्कका संस्थापक विकेश कायस्थका अनुसार विश्वस्तरीय कन्सर्टको अनुभव प्रदान गर्ने र नेपथ्यको सांगीतिक धरोहरलाई सम्मान गर्ने उद्देश्यले यो कार्यक्रम तय गरिएको हो । यसअघि यो क्षेत्रमा चर्चित गायक अरिजित सिंहको मात्र यति ठुलो स्तरको कन्सर्ट भएको थियो ।
नेपथ्यको यो कन्सर्टप्रति भारतका विभिन्न सहरहरू मुम्बई, बेंगलुरु, नयाँ दिल्ली र पूर्वोत्तर क्षेत्रका साथै नेपाल र भुटानका दर्शकहरूले समेत ठुलो चासो देखाएका छन् । आयोजकका अनुसार 'अर्ली बर्ड' टिकटहरू अनलाइनमार्फत बिक्री भइसकेका छन् भने हाल सीमित टिकटहरू मात्र बाँकी छन् । नेपालका दर्शकहरूले 'खल्ती' एपमार्फत टिकट बुकिङ गर्न सक्नेछन् ।
तीन दशकदेखि नेपाली संगीतमा सक्रिय नेपथ्यले सामाजिक जनजीवन, पहिचान र साझा स्मृतिका गीतहरू प्रस्तुत गर्दै आएको छ । नेपालसहित युएई, अस्ट्रेलिया, युरोप, जापान र अमेरिकामा सफल कार्यक्रम गरिसकेको नेपथ्यको सिलिगुडी यात्रालाई दक्षिण एसियाली सांगीतिक क्षेत्रमा अर्को महत्वपूर्ण कडीका रूपमा लिइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मेचीनगरको दिसाजन्य लेदो प्रशोधन केन्द्र पूर्ण क्षमतामा चल्न सकेन
-
भारतीय चर्चित गायक सानले नेपालमा साङ्गीतिक प्रस्तुति दिने
-
'एक्का तीन'को मुख्य अभिनेत्रीमा कविता
-
किन आन्दोलित छन् भक्तपुर क्यान्सर अस्पतालका कर्मचारी ?
-
रियल म्याड्रिडका लागि जब एमबाप्पेले माइकल ओलिसेलाई फकाए
-
विद्युत् निर्यात ६८ प्रतिशतले बढ्दा आयात खर्चमा भारी कटौती, १८ अर्ब ७६ करोडभन्दा बढी खुद व्यापार बचत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण