स्याङ्जा २ मा कांग्रेसका मल्लले दर्ता गराए मनोनयन
पोखरा । स्याङ्जा निर्वाचन क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसका तर्फबाट भागवत प्रकाश मल्लले प्रतिनिधि सभा सदस्य पदका लागि उम्मेदवारी दर्ता गराएका छन् ।
आगामी फागुन २१ गते हुने निर्वाचनका लागि मल्लले मंगलबार निर्वाचन अधिकृतको कार्यालय पुगेर विधिवत् रूपमा मनोनयन पत्र पेस गरेका हुन् ।
नेता तथा कार्यकर्ताहरूको बाक्लो उपस्थितिबिच उम्मेदवारी दर्ता गराएपछि सञ्चारकर्मीहरूसँग मल्लले क्षेत्रको समग्र विकास, सुशासन र नागरिकको हकहितलाई आफ्नो प्रमुख एजेन्डा बनाउने बताए । पार्टीका युवा तथा अनुभवी नेता मल्लले टिकट पाएपछि स्याङ्जा कांग्रेसमा उत्साह छाएको छ ।
स्याङ्जा २ मा मल्लको उम्मेदवारीसँगै चुनावी माहोल तातेको छ । यो क्षेत्रमा नेकपा एमालेबाट खिमबहादुर थापा, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट छविलाल डुम्रे र नेकपाबाट पदम विकले पनि मनोनयन दर्ता गराएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उर्लाबारीबाट भरुवा बन्दुक र विस्फोटक पदार्थ बरामद
-
मध्यपहाडी राजमार्गको जयराम–हलेसी खण्ड मर्मतका लागि टेन्डर आह्वान
-
काठमाडौँ महानगरको आठ तले भवन २०८४ कात्तिकभित्र सक्ने लक्ष्य, ३५ प्रतिशत काम सम्पन्न
-
बागमती प्रदेशमा एमालेले लियो सरकारलाई दिएको समर्थन फिर्ता
-
सुदूरपश्चिम प्रदेश : अधिकांश मन्त्रालयको पुँजीगत खर्च कमजोर
-
बाथरुममा लडेर घाइते भए पियुष मिश्रा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण