नाचगान र बाजागाजासहित उम्मेदवारी दर्ता गराउन पुगिन् जुली, विपक्षी दलहरूको विरोध
जनकपुरधाम । नेकपा एमालेकी उम्मेदवार जुली कुमारी महतोले धनुषा क्षेत्र नम्बर ३ बाट आफ्नो उम्मेदवारी मनोनयन दर्ता गराउने क्रममा निर्वाचन आचारसंहिता उल्लंघन गरेको भन्दै अन्य राजनीतिक दलहरूले निर्वाचन अधिकृतको कार्यालयमा चर्को विरोध र होहल्ला गरेका छन् ।
मंगलबार दिउँसो महतोले समर्थकहरू, नाचगान र बाजागाजासहित निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उम्मेदवारी दर्ता गराएकी थिइन् । उनको यो कार्य निर्वाचन आयोगले लागू गरेको आचारसंहिताको गम्भीर उल्लंघन भएको विपक्षी दलहरूले आरोप लगाएका छन् ।
निर्वाचन आयोगले आज देशभर धमाधम उम्मेदवारी मनोनयन दर्ता गराइरहेको छ । आयोगले २०८२ माघ ४ गते रातिदेखि निर्वाचन आचारसंहिता, २०८२ लागु गरेको थियो ।
आचारसंहिताले उम्मेदवार मनोनयनका क्रममा गरिने भेला, जुलुस र प्रदर्शनमा निश्चित मापदण्ड तोकेको छ । तर महतोको मनोनयनमा देखिएको भिडभाड र प्रदर्शनले ती मापदण्डहरूको पालना नगरिएको देखिएको हो ।


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
-
धान रोपाइँमा हराए गोरु र राँगा, बढ्यो ट्याक्टर र पावर टिलरको प्रयोग
-
सुदूरपश्चिम चलचित्रकर्मी सङ्घ गठन
-
काठमाडौँ उपत्यकामा दुर्घटना १९ प्रतिशतले घट्यो
-
महाकालीमा जलस्तर घटेपछि बनबासा पुलमा यातायात सञ्चालन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण