शिशिर खनालले गराए काठमाडौं-६ मा मनोनयन, भने- देशको नयाँ अध्याय सुरू गर्छौं
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सचिवालय सदस्य तथा पूर्वशिक्षा मन्त्री शिशिर खनालले काठमाडौं-६ मा उम्मेदवारी दर्ता गराएका छन् ।
खनालको प्रस्तावक असनकी युवा महिला उद्यमी शैलेजा कसजु छिन् भने समर्थक तारकेश्वरका युवा अभिषेक थापा छन् । थापा भदौ २३ गते भएको जेनजी विद्रोहका क्रममा घाइते भएका व्यक्ति हुन् ।
उम्मेदवारी दर्तापछि सञ्चारकमीसँग कुरा गर्दै खनालले काठमाडौँ-६ बाट देशको नयाँ अध्याय सुरु हुने बताए ।
‘मेरो उम्मेदवारीको प्रस्तावक र समर्थक नै परिवर्तनका संवाहक हुनुहुन्छ । अभिषेकजीले सडकमा बगाएको रगत र शैलजाजीले उद्यममार्फत देखाउनुभएको साहसलाई खेर जान दिने छैनौँ । राष्ट्रिय स्वतन्त्र पार्टी अब बालेन शाहको नेतृत्वमा देश हाँक्न तयार छ,’ उनले भने, ‘हामी काठमाडौँ-६ बाटै देशको नयाँ अध्याय सुरु गर्नेछौँ ।’
आफ्नो क्षेत्रका शिक्षा, स्वास्थ्य, सुशासनको अधुराका कामलाई पूर्णता दिने प्रतिबद्धता जनाए । ‘मैले गत निर्वाचनमा यस क्षेत्रका जनताले सुम्पेको जिम्मेवारीलाई इमानदारीपूर्वक निर्वाह गर्दै आएको छु । शिक्षा, सुशासन र काठमाडौँ–६ को समग्र विकासका लागि सुरु गरिएका अधुरा कामलाई पूर्णता दिन र संसद्मा सशक्त आवाज उठाउन मेरो उम्मेदवारी हो,’ उनले भने, ‘यहाँका मतदाताको माया र विश्वासले मलाई फेरि पनि सेवा गर्ने अवसर प्राप्त हुनेमा म पूर्ण विश्वस्त छु ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
मर्यादित महिनावारीसम्बन्धी लुम्बिनी प्रदेशसभा संसदहरुसँग छलफल
-
मेचीनगरको दिसाजन्य लेदो प्रशोधन केन्द्र पूर्ण क्षमतामा चल्न सकेन
-
भारतीय चर्चित गायक सानले नेपालमा साङ्गीतिक प्रस्तुति दिने
-
'एक्का तीन'को मुख्य अभिनेत्रीमा कविता
-
किन आन्दोलित छन् भक्तपुर क्यान्सर अस्पतालका कर्मचारी ?
-
रियल म्याड्रिडका लागि जब एमबाप्पेले माइकल ओलिसेलाई फकाए
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण