उम्मेदवारको अन्तिम नामावली प्रकाशन माघ ९ गते
काठमाडौँ । निर्वाचन आयोगले फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि दर्ता उम्मेदवारहरूको अन्तिम नामावली माघ ९ गते प्रकाशन गर्ने भएको छ ।
निर्वाचन आयोगका प्रवक्ता नारायण प्रसाद भट्टराईले माघ ६ गते बिहान १० बजेदेखि साँझ ५ बजेसम्म १६५ वटै निर्वाचन क्षेत्रमा उम्मेदवारी दर्ता भएको भन्दै अन्तिम नामावली माघ ९ गते प्रकाशन गर्ने जानकारी दिए ।
उनका अनुसार मंगलबार साँझ ६ बजेसम्म महिला ३०३ र पुरुष २३ सय ५२ जनाको उम्मेदवारी परेको छ । आयोगले पहिलो हुने निर्वाचित हुने निर्वाचन कार्यक्रम अनुसार मनोनयन पत्र दर्ता भएका उम्मेदवारहरूको सुची साँझ ५ बजेदेखि ७ बजेसम्म सम्बन्धित निर्वाचन कार्यालयमा प्रकाशित हुनेछ ।
त्यस्तै आयोगले माघ ७ गते १० बजेदेखि १ बजेसम्म उम्मेदवारको विरोधमा उजुरी लिने तथा सोही दिन ३ बजेदेखि ८ गते बेलुका ५ बजेसम्म उजुरीमाथि जाँचबुझ गरेर ५ बजेदेखि ७ बजेसम्म उम्मेदवारहरूको नामावली प्रकाशन गर्नेछ ।
त्यस्तै माघ ९ गते १० बजेदेखि १ बजेसम्म उम्मेदवारले नाम फिर्ता लिन सक्नेछन् भने सोही दिन ३ बजेसम्म अन्तिम नामावली प्रकाशित गरी चार बजेदेखि ७ बजेसम्म उम्मेदवारहरूलाई निर्वाचन चिह्न प्रदान गर्ने आयोगले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
न्यायाधीशविरुद्ध सयौँ उजुरी, छानबिनमा सधैँ विलम्ब
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
इरानसँगको युद्धमा अमेरिकाले हालसम्म ३७.५ अर्ब डलर खर्च गरेको दाबी, थप बजेट माग
-
मेची भन्सारद्वारा १७ अर्ब ६७ करोड राजस्व सङ्कलन
-
बीपी स्मृति दिवसमै विभाजनको बाटोतिर कांग्रेस अग्रसर भएको हो ?
-
तस्बिरमा हेर्नुहोस् कांग्रेसको 'ग्रीन रन' प्रतियोगिता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण