चितवन–१ मा कांग्रेसले दुई जनालाई उम्मेदवार मनोनयन पत्र दिएपछि...
काठमाडौँ । प्रतिनिधि सभा निर्वाचन अनुसार प्रत्यक्षतर्फ उम्मेदवार चयन गर्नुपर्ने बेला आन्तरिक विवादमा अल्झिएको नेपाली कांग्रेसले अन्तिम समयमा उम्मेदवार टुङ्गो लगाउँदा एउटै क्षेत्रमा दुई जनाले टिकट पाएको तथ्य प्रकाशमा आएको छ ।
चितवन क्षेत्र नम्बर १ मा उम्मेदवारका रूपमा कांग्रेसले दुई जनाको हातमा उम्मेदवार मनोनयन पत्र थमाएको थियो । राजेन्द्रप्रसाद बुर्लाकोटी र बासुदेव ढुंगानाले चितवन क्षेत्र नम्बर १ को उम्मेदवार मनोनयन पत्र पाएका थिए ।
यद्यपि, पार्टीका तर्फबाट पहिला बुर्लाकोटीले उम्मेदवारी मनोनयन दर्ता गराइसकेका कारण ढुंगानाले भने उम्मेदवारी दर्ता गर्न पाएनन् ।
नेपाली कांग्रेस चितवनकै नेता ऋषिश्वर थपलियाले एउटै क्षेत्रमा दुई जनाले पार्टीको तर्फबाट टिकट पाएको खुलासा गरेका हुन् । उनले सामाजिक सञ्जाल फेसबुकमा यसबारे लेख्दै थप विवाद सिर्जना नगरी पार्टीलाई जिताउने अभियानमा लागेकोमा ढुंगानालाई धन्यवाद दिएका छन् भने उम्मेदवारी दर्ता गराएका बुर्लाकोटीलाई शुभकामना दिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बागमतीमा एमालेले लियो सरकारलाई दिएको समर्थन फिर्ता
-
सुदूरपश्चिम प्रदेश : अधिकांश मन्त्रालयको पुँजीगत खर्च कमजोर
-
बाथरुममा लडेर घाइते भए पियुष मिश्रा
-
जङ्गलमा लुकाइराखेका ११ नाल भरुवा बन्दुक बरामद
-
ट्रम्पको धम्कीपछि क्यानडाले रद्द गर्यो संयुक्त पुल उद्घाटन समारोह
-
हुथीको धम्कीपछि साउदीका तेल ट्याङ्कर फर्किए
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण