उम्मेदवारको विरोधमा भोलि बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म उजुरी दिन सकिने
काठमाडौँ । प्रतिनिधि सभा अन्तर्गत प्रत्यक्षतर्फको निर्वाचनका लागि मंगलबार उम्मेदवारी मनोनयन दर्ता सम्पन्न भएको छ ।
निर्वाचन आयोगले साँझ साढे ६ बजेसम्मको विवरण अनुसार देशभर दुई हजार ९२५ जनाले उम्मेदवारी दर्ता गरेको जनाएको छ ।
निर्वाचन कार्यक्रम अनुसार मनोनयन पत्र दर्ता भएका उम्मेदवारको विरोधमा उजुरी दिने अवधि माघ ७ गते बुधबार (भोलि) बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म हुने आयोगले जनाएको छ ।
बुधबार नै दिउँसो ३ बजेदेखि माघ ८ गते बिहीबार अपराह्न ५ बजेसम्ममा मनोनयन पत्र र उजुरी उपर जाँचबुझ एवं निर्णय गरी बिहीबार नै अपराह्न ५ बजेदेखि बेलुका ७ बजेसम्ममा उम्मेदवारको नामावली प्रकाशन गरिने आयोगको भनाइ छ ।
आयोगका अनुसार माघ ९ गते शुक्रबार बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म उम्मेदवारको नाम फिर्ता लिन सकिनेछ भने सोही दिन दिउँसो १ बजेदेखि ३ बजेसम्ममा उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरी दिउँसो ४ बजेदेखि साँझ ७ बजेसम्ममा उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरिने आयोगले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मेचीनगरको दिसाजन्य लेदो प्रशोधन केन्द्र पूर्ण क्षमतामा चल्न सकेन
-
भारतीय चर्चित गायक सानले नेपालमा साङ्गीतिक प्रस्तुति दिने
-
'एक्का तीन'को मुख्य अभिनेत्रीमा कविता
-
किन आन्दोलित छन् भक्तपुर क्यान्सर अस्पतालका कर्मचारी ?
-
रियल म्याड्रिडका लागि जब एमबाप्पेले माइकल ओलिसेलाई फकाए
-
विद्युत् निर्यात ६८ प्रतिशतले बढ्दा आयात खर्चमा भारी कटौती, १८ अर्ब ७६ करोडभन्दा बढी खुद व्यापार बचत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण