साफ यू–१९ महिला फुटबल टोली घोषणा
सारांश
- एन्फाले पोखरामा हुने साफ यू-१९ महिला च्याम्पियनसिपका लागि २३ सदस्यीय नेपाली टोली घोषणा गरेको छ।
- च्याम्पियनसिप जनवरी ३१ देखि फेब्रुअरी ७ सम्म पोखरा रंगशालामा हुनेछ।
- प्रतियोगितामा नेपाल, भारत, बंगलादेश र भुटानले प्रतिस्पर्धा गर्नेछन्।
काठमाडौँ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले पोखरामा हुने साफ यू–१९ महिला च्याम्पियनसिपका लागि आज २३ सदस्यीय नेपाली टोली घोषणा गरेको छ ।
यही जनवरी ३१ देखि फेब्रुअरी ७ तारिखसम्म पोखरा रङ्गशालमा हुने च्याम्पियनसिपका लागि एन्फाले २३ सदस्यीय नेपाली टोलीको अन्तिम नामावली घोषणा गरेको हो ।
टोलीमा अलिजा विक, अनिता रानामगर, आशिका कार्की, माया मास्के, मीनमाया श्रेष्ठ, वर्षा कुँवर, वर्षा ओली, भूमिका बुढाथोकी, ज्ञान्सु डोल्मो लो, झर्ना डुम्राकोटी, जुना तामाङ, कृतिशा तामाङ, निर्मला आचार्य र प्रजिता राई छन् ।
यस्तै, पूर्णिमा ताडी, सारा लिम्बू, सवनम राई, सलोनीकुमारी चौधरी, सङ्गीतकुमारी मल्ल, सेनु पारियार, सृजना बडुवाल, सुशीला केसी र यमकुमारी विक पनि टोलीमा छन् ।
प्रतियोगितामा नेपालसहित भारत, बङ्गलादेश र भुटान गरी चार राष्ट्रले प्रतिस्पर्धा गर्ने एन्फाले जनाएको छ ।
---
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रहरीमा प्राविधिक तर्फका दामोदर कँडेल एसएसपीमा बढुवा सिफारिस
-
कांग्रेसलाई लोकतन्त्रका लागि लड्ने क्षमता मिलोस् : केपी ओली
-
अभियन्ता वेदिका केसी पक्राउ
-
विद्युत् नियमन आयोगको अध्यक्षमा पुनः डा.धिताल नियुक्त
-
कसैले आलोचना गर्दैमा ढुङ्गा हानेर गन्तव्यमा पुग्न सकिँदैन : विश्वप्रकाश शर्मा
-
अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था मिलाउन प्रधानमन्त्रीको निर्देशन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण