बालकोटको मार्केटिङ फर्मलाई ५० हजार जरिवाना
बुधबार, ०७ माघ २०८२, ०९ : १४
काठमाडौँ । सूर्यविनायक-२ बालकोटस्थित खिलुङ्गा कालिका मार्केटिङ प्रालि कारबाहीमा परेको छ। वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले गरेको नियमित बजार अनुगमनका क्रममा कैफियत देखिएपछि उक्त फर्मलाई ५० हजार रुपैयाँ जरिवाना गरिएको हो।
उपभोक्ता संरक्षण ऐन, २०७५ को प्रावधान अनुसार उपभोक्ताको हकहित विपरित कार्य गरेको पाइएकाले सो फर्मलाई तत्कालै जरिवाना गरिएको विभागले जनाएको छ। विभागको टोलीले उक्त फर्मसहित अन्य १२ वटा व्यावसायिक फर्महरूमा पनि स्थलगत अनुगमन गरेको थियो। अनुगमनका क्रममा अन्य फर्महरूमा सामान्य कमजोरी देखिएकाले उनीहरूलाई सुधारका लागि आवश्यक निर्देशन दिइएको छ।
बजारमा हुन सक्ने अस्वभाविक मूल्यवृद्धि, मिसावट र कालोबजारी रोक्न विभागले स्थानीय प्रशासन र उपभोक्ता अधिकारकर्मीको समन्वयमा अनुगमनलाई तीव्र पारेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अण्डाको मूल्य बढ्यो, कति पुग्याे प्रतिक्रेट ?
-
नखाई कति दिनसम्म बाँच्न सक्छ मान्छे ?
-
देशभरका मुख्य राजमार्गमा बाढी र पहिरोको कहर, कहाँ कहाँ छ अवरोध? (पूर्ण विवरण)
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण