भारतीय अभिनेता प्रदीप रावत काठमाडौँमा
बुधबार, ०७ माघ २०८२, १३ : २५
सारांश
- चर्चित भारतीय अभिनेता प्रदीप रावत काठमाडौँ आइपुगेका छन्।
- उनी 'आबाट आमा' फिल्मको प्रचारका लागि नेपाल आएका हुन्, र केही दिन यहाँ रहनेछन्।
- प्रदीप रावत 'गजिनी' मा खलनायकको भूमिका निर्वाह गरेर विश्वभर चर्चित भएका थिए।
काठमाडौँ । चर्चित भारतीय अभिनेता प्रदीप रावत काठमाडौँ आएका छन् । उनी मङ्गलवार साँझ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उत्रिएका हुन् ।
आफू अभिनीत फिल्म ‘आबाट आमा’ प्रचारका लागि नेपाल आएका उनी केही दिन नेपालमै बस्नेछन् । आमिर खानको फिल्म ‘गजिनी’ मा खलनायकको भूमिका निर्वाह गरेर विश्व चर्चित बनेका उनी अभिनीत ‘आबाट आमा’ दोस्रो नेपाली फिल्म हो ।
यसअघि उनले फिल्म ‘ह्रस्व दीर्घ’ अभिनय गरेका थिए उनी आज बुधबार फिल्मको ट्रेलर सार्वजनिक कार्यक्रममा पनि सहभागी हुँदैछन् । चन्द्र पन्तको निर्देशन रहेको फिल्म चाहिँ १६ माघदेखि देशव्यापी प्रदर्शन तयारीमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्री बालेन्द्र शाहको घोषणा सामाजिक सञ्जालमा, अस्पतालमा अझै ३ प्रतिशत कर !
-
रूपान्तरणको पर्खाइमा त्रिवि : तत्काल गर्नुपर्ने के ?
-
एक वर्षमा १२ हजारले पाए नागरिकता, सेवामा डिजिटल सुधार
-
चिलीमा शक्तिशाली आँधीका कारण १३ जनाको मृत्यु
-
पार्टी तोड्ने हैन, जोड्नेतर्फ लाग्नुपर्छः नेता आङ्देम्बे
-
तीन जिल्लामा आगलागी, सात लाख ४० हजार बराबरको क्षति
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण