ओखलढुङ्गामा नेकपाका सन्तबहादुर बागी उम्मेदवार
सारांश
- ओखलढुङ्गामा नेकपाका आधिकारिक उम्मेदवारविरुद्ध सन्तबहादुर तामाङले बागी उम्मेदवारी दिएका छन्।
- सन्तबहादुर नेकपाको कोशी प्रदेश कमिटी सदस्य र पूर्व वडाध्यक्ष हुन्, जसले पार्टीको कार्यशैलीप्रति असन्तुष्टि जनाएका छन्।
- अम्बिरबावु गुरुङलाई टिकट दिएकोमा असन्तुष्टि जनाउँदै, राष्ट्रिय स्वतन्त्र पार्टीबाट विश्वराज पोखरेल पनि चुनावी मैदानमा छन्।
काठमाडौँ । ओखलढुङ्गामा नेपाली कम्युनिस्ट पार्टीका आधिकारिक उम्मेदवारविरुद्ध सन्तबहादुर तामाङले बागी उम्मेदवारी दर्ता गराएका छन् । नेपाली कम्युनिस्ट पार्टीका अम्बिरबावु गुरुङविरुद्ध तामाङ चुनावी मैदानमा उत्रिएका हुन् ।
सन्तबहादुर नेकपाको कोशी प्रदेश कमिटी सदस्य र माने भञ्ज्याङ गाउँपालिका–४ का पूर्व वडाध्यक्ष हुन् । पार्टीको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै उनले बागी उम्मेदवार बनेर निर्वाचनमा भाग लिएका हुन् । उनको उम्मेदवारीले नेकपाको मत विभाजन हुने ओखलढुङ्गाका नेकपाका कार्यकर्ताहरू बताउँछन् ।
अम्बिरबावु गुरुङ नेकपा (एमाले) छाडेर नेपाली कम्युनिस्ट पार्टीमा प्रवेश गर्नासाथ टिकट पाएको भन्दै असन्तुष्टि चुलिएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट नेपाल प्रहरीका पूर्वएआईजी विश्वराज पोखरेल ओखलढुङ्गाबाट उम्मेदवार छन् । रास्वपाबाट टिकट लिएर उनी आफ्नो गृह जिल्ला ओलखढुंगाको चुनावी मोर्चामा गएका हुन् ।
फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनमा कांग्रेसका कुमार लुइँटेल र नेकपा (एमाले) की अस्मिता थापा प्रतिस्पर्धामा छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कोशी प्रदेशको बजेट यथार्थपरक छैन, अंकगणितमै त्रुटि छ: पूर्वमुख्यमन्त्री राजेन्द्र राई
-
ठमेलमा अवाञ्छित गतिविधिमा संलग्न ७ विदेशी नागरिक पक्राउ
-
पुरानै दलहरूको बाटोमा रास्वपा, व्यवस्थापकीय कमजोरीका कारण प्रतिनिधिमाथि थपिँदै छ भार
-
थप कक्षा सञ्चालन अनुमतिको माग गर्दै निजी विद्यालय सञ्चालक आन्दोलित, दबाब दिन बालबालिका प्रयोग
-
ऐतिहासिक रेकर्ड बनाउन पेनाल्टीमा चुके मेसी
-
विदुषी राणाद्वारा रास्वपा केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण