ओखलढुंगामा ३ स्वतन्त्रसहित १६ जनाको उम्मेदवारी दर्ता
ओखलढुंगा । पूर्वी पहाडी जिल्ला ओखलढुंगामा प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि तीन स्वतन्त्रसहित १६ जनाले उम्मेदवारी दर्ता गरेका छन् ।
जिल्ला निर्वाचन अधिकृतको कार्यालयका अनुसार जिल्लामा ३ जना स्वतन्त्रसहित १३ राजनीतिक दलले उम्मेदवारी दिएका हुन् ।
विक्रम दाहाल, नारायणकाजी तामाङ र सन्त बहादुर तामाङले स्वतन्त्र उम्मेदवारी दिँदा नेपाली कांग्रेसबाट कुमार लुइँटेल, नेकपा एमालेबाट अस्मिता थापा, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट विश्वराज पोखरेल, नेपाली कम्युनिस्ट पार्टीबाट अम्बिरबाबु गुरुङ र श्रम संस्कृति पार्टीबाट उद्धव कुमार राईले उम्मेदवारी दिएका हुन् ।
त्यस्तै उज्यालो नेपालकी किशोरी कार्की, मितेरी पार्टी नेपालबाट कुमार बहादुर लामा, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट डिकप्रसाद बास्तोला, जनता समाजवादी पार्टी संयुक्तबाट नेत्र बहादुर नेम्बाङ, समावेशी समाजवादी पार्टीबाट पिंकी राई (बेगुराम), मंगोल नेसनल अर्गनाइजेसनबाट बजेन्द्र राई, नेपाल मजदुर किसान पार्टीबाट सबिना प्रजापति र राष्ट्रिय जनमोर्चाबाट शेर बहादुर खत्रीले पनि उम्मेदवारी दिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘संस्थापन इतरका नेता-कार्यकर्ता ‘लास र दास’ होइनन्, कांग्रेसका असली भरोसा हुन्’
-
दुई विमानस्थलमा ५० प्रतिशत छुट दिने सरकारको निर्णय
-
मन्त्रिपरिषद् बैठकका ६ निर्णयहरू सार्वजनिक
-
नयाँ पार्टी निर्माणको प्रक्रियामा लाग्नुपर्छ : मोहनबहादुर बस्नेत
-
बर्ड फ्लु नियन्त्रणतर्फ, साउनयता नयाँ सङ्क्रमण शून्य
-
सरकार र मिटरब्याज पीडितबिचको सम्झौता अनुमोदन, मिटरब्याजसँग सम्बन्धित सबै लिखत अवैध घोषित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण