आईसीसीको चेतावनी : भारत नआए बङ्गलादेशलाई टी–२० विश्वकपबाट हटाउँछौँ
काठमाडौँ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले बङ्गलादेश क्रिकेट बोर्ड (बीसीबी) लाई भारतमा हुने २०२६ को टी–२० विश्वकपमा सहभागी नभए प्रतियोगिताबाट हटाउने चेतावनी दिएको छ ।
आईसीसी बोर्डको आकस्मिक बैठकले बङ्गलादेशले भारत भ्रमण गर्न अस्वीकार गरेमा उनको स्थानमा अर्को टोलीलाई प्रतिस्थापन गर्ने पक्षमा मतदान गरेको छ ।
बङ्गलादेशले दुई देशबिचको राजनीतिक तनावलाई कारण देखाउँदै आफ्ना खेलहरू सह–आयोजक श्रीलङ्कामा सार्न अनुरोध गरेको थियो ।
तर, आईसीसीले बीसीबीको यो माग अस्वीकार गर्दै भारतमा खेल्ने वा नखेल्नेबारे अन्तिम निर्णय दिन जनवरी २१ सम्मको समयसीमा तोकेको छ ।
यदि बङ्गलादेशले भारत भ्रमण नगर्ने निर्णय गरेमा, स्कटल्यान्डले प्रतियोगितामा उसको स्थान लिने सम्भावना प्रबल छ ।स्कटल्यान्ड युरोपेली छनोटमा नेदरल्यान्ड्स, इटाली र जर्सीभन्दा पछि रहँदै विश्वकपका लागि छनोट हुन असफल भएको थियो ।
तर, छनोट नभएका टोलीहरूमध्ये वरीयतामा सबैभन्दा माथि रहेकाले स्कटल्यान्डले अवसर पाउन सक्नेछ ।
आईसीसीले बीसीबीलाई आफ्नो निर्णयबारे बङ्गलादेश सरकारलाई जानकारी गराउन र प्रतियोगितामा सहभागिता सुनिश्चित गर्न निर्देशन दिएको छ ।
तोकिएको समयसीमाभित्र चित्तबुझ्दो जवाफ नआए आईसीसीले बङ्गलादेशलाई प्रतिस्थापन गर्ने प्रक्रिया अघि बढाउनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानी आणविक केन्द्रलाई निशाना बनाउने ट्रम्पको चेतावनी
-
नेतान्याहुलाई पक्राउ गर्ने अधिकार न्युयोर्कलाई छैन, सङ्घीय सरकारले आवश्यक कदम चालोस् : ममदानी
-
बर्ड फ्लुका बारेमा भ्रम र तथ्य
-
चेक बाउन्स कानुन : वास्तविक कारोबारको खोजी कहिले ?
-
फ्रान्समा १५ वर्षमुनि बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध
-
बिपी र कान्तिलोकपथमा राति सवारी चलाउन नपाइने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण