आइतबार, ३१ जेठ २०८३
ताजा लोकप्रिय

स्वास्थ्य बिमा बोर्डको निमित्त कार्यकारी निर्देशकमा पौडेल

बुधबार, ०७ माघ २०८२, २२ : १२
बुधबार, ०७ माघ २०८२

काठमाडौँ  । स्वास्थ्य बिमा बोर्डको निमित्त कार्यकारी निर्देशकको जिम्मेवारी डा.कृष्ण पौडेललाई दिइएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीले बोर्डको नेतृत्व रिक्त नराख्न मन्त्रालयका सहसचिव पौडेललाई निमित्त कार्यकारी निर्देशकको जिम्मेवारी प्रदान गरिएको जानकारी दिए ।

“बिमा बोर्ड जस्तो महत्वपूर्ण ठाउँमा प्रमुख पद खाली राख्न भएन । त्यसैले मन्त्रालयका सहसचिव पौडेललाई केही समयका लागि निमित्त कार्यकारी निर्देशकको जिम्मेवारी प्रदान गरिएको हो,” उनले भने । कार्यकारी निर्देशक डा‍.रघुराम काफ्लेले गत आइतबार राजीनामा दिएका थिए ।

निमित्त कार्यकारी निर्देशक पौडेल मन्त्रालयको नीति, योजना तथा अनुगमन महाशाखामा प्रमुख रहेका थिए । मन्त्रालयका प्रवक्ता डा बुढाथोकीका अनुसार उनलाई बोर्ड र नीति तथा योजनामा महाशाखा दुवै हेर्ने गरी जिम्मेवारी तोकिएको छ ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप