मोरिन्होको बेन्फिका संकटमा : युभेन्टससँग पराजित भएपछि बाहिरिने खतरा
सारांश
- युभेन्टसले च्याम्पियन्स लिगको अर्को चरणमा स्थान सुरक्षित गर्यो, खेफ्रेन थुराम र वेस्टन म्याक्केनीले गोल गरे।
- बेन्फिका भने प्रतियोगिताबाट बाहिरिने सङ्घारमा पुग्यो, भान्जेलिस पाभ्लिडिसले पेनाल्टीमा गोल गर्न सकेनन्।
- युभेन्टस प्ले–अफ खेल्न निश्चित भयो, शीर्ष आठमा पुग्न मोनाकोविरुद्ध जित आवश्यक छ।
टुरिन । दोस्रो हाफमा खेफ्रेन थुराम र वेस्टन म्याक्केनीले गोल गरेपछि युभेन्टसले च्याम्पियन्स लिगको अर्को चरणमा आफ्नो स्थान सुरक्षित गरेको छ। तर, जोसे मोरिन्होको प्रशिक्षणमा रहेको बेन्फिका भने प्रतियोगिताबाटै बाहिरिने सङ्घारमा पुगेको छ।
पहिलो हाफ गोलरहित बराबरीमा सकिए पनि दोस्रो हाफमा युभेन्टसले आक्रामक खेल पस्कियो। सन् १९९८ को विश्वकप विजेता लिलियन थुरामका छोरा खेफ्रेनले ५५ औँ मिनेटमा जोनाथन डेभिडको पासमा सानदार गोल गर्दै टोलीलाई अग्रता दिलाए। त्यसको ९ मिनेटपछि डेभिडकै सहयोगमा म्याक्केनीले दोस्रो गोल थप्दै युभेन्टसको जित पक्का गरे।
बेन्फिकाले खेलमा फर्कने केही राम्रा अवसर पाएको थियो। फ्रेडरिक अर्सनेसको हेडर पोस्टमा लागेर फर्कियो भने लियान्ड्रो ब्यारेरोलाई ग्लेसन ब्रेमरले फल गरेपछि बेन्फिकाले पेनाल्टीको अवसर समेत पायो। तर, स्ट्राइकर भान्जेलिस पाभ्लिडिसले पेनाल्टी प्रहार गर्ने क्रममा चिप्लिएपछि बल पोस्टभन्दा धेरै टाढा पुग्यो र बेन्फिकाले गोल गर्ने सुनौलो मौका गुमायो।
लिग चरणको एक खेल बाँकी छँदा युभेन्टस १५ औं स्थानमा छ। यस जितले युभेन्टसको कम्तीमा प्ले–अफ खेल्ने निश्चित भएको छ भने शीर्ष आठमा परेर सिधै अन्तिम १६ मा पुग्ने सम्भावना पनि जीवितै छ।
आठौँ स्थानको चेल्सीभन्दा मात्र एक अंकले पछि रहेको युभेन्टसले अर्को बुधबार मोनाकोविरुद्ध ठूलो अन्तरको जित निकाल्नु पर्नेछ र अन्य खेलको नतिजामा पनि भर पर्नु पर्नेछ।
पोर्टो र इन्टर मिलानबाट च्याम्पियन्स लिग जितिसकेका प्रशिक्षक मोरिन्होका लागि भने यो सिजन निकै चुनौतीपूर्ण बनेको छ। उनको टोली बेन्फिका अहिले २९ औं स्थानमा छ। प्ले–अफको आशा जीवित राख्न बेन्फिकाले अब आफ्नो अन्तिम खेलमा रियल म्याड्रिड जस्तो बलियो टोलीलाई पराजित गर्नैपर्ने दबाब छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विद्युत् महसुलमा ५० प्रतिशत अनुदान
-
मेसीको दुई गोलसँगै अर्जेन्टिनाको लगातार दोस्रो जित
-
इरान वार्ताका क्रममा रुबियो खाडी क्षेत्रको भ्रमणमा
-
मनसुन प्रवेश भएको क्षेत्रमा भारी वर्षा
-
कीर स्टार्मरको राजीनामा र बेलायती राजनीतिमा नयाँ हलचलः एन्डी बर्नहमद्वारा नेतृत्वको दाबी
-
१२ बजे १२ समाचार: विष्णु पौडेललाई काठमाडौँ ल्याइँदै, मेसीले बनाए विश्वकपमा ऐतिहासिक रेकर्ड
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण