नेदरल्यान्ड्सद्वारा नेपाललाई १४१ रनको लक्ष्य
सारांश
- आईसीसी महिला टी-२० विश्वकप ग्लोबल क्वालिफायरमा नेदरल्यान्ड्सले नेपाललाई १४१ रनको लक्ष्य दिएको छ।
- नेदरल्यान्ड्सका ब्याटर बाबेट डे लीडेले सर्वाधिक ४९ रन बनाइन् भने नेपालका लागि रुविना क्षेत्रीले २ विकेट लिइन्।
- नेपालले आजको खेलमा जित निकाल्दै प्रतियोगितामा विजयी सुरुवात गर्ने योजना बनाएको छ, पहिलो खेलमा थाइल्याण्डसँग पराजित भएको थियो।
काठमाडौँ । आईसीसी महिला टी–२० विश्वकप ग्लोबल क्वालिफायरमा नेदरल्यान्ड्सले नेपाललाई १४१ रनको लक्ष्य दिएको छ ।
त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको नेदरल्यान्ड्सले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १४० रन बनायो ।
नेदरल्यान्ड्सका लागि बाबेट डे लीडेले सर्वाधिक ४९ रनको योगदान गरिन् । ४७ बल खेलेकी उनले ७ चौका प्रहार गरिन् ।
त्यस्तै स्टेरे कलिसले ३० रन बनाउँदा रोबिन रिगेले १९ रन र हेदर सिजर्सले १३ रन जोडिन ।
नेपालका लागि रुविना क्षेत्रीले दुई विकेट लिँदा सुमन विष्ट, पूजा महत्त्व र रिया शर्माले एक–एक विकेट लिइन् ।
आजको खेलमा जित निकाल्दै नेदरल्यान्ड्स अघिल्लो चरण प्रवेशमा आफूलाई प्रवेश गराउने योजनामा हुनेछ । तेस्रो खेल खेल्दै गर्दा नेदरल्यान्ड्सले दुई खेलमा जित निकाली सकेको छ ।
यता नेपाल आजको खेलमा जित निकाल्दै प्रतियोगितामा विजयी सुरुवात गर्ने योजनामा छ । नेपाल पहिलो खेलमा थाइल्यान्डसँग पराजित भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सहकारीको प्रयासले फस्टाउँदै दुग्ध व्यवसाय
-
बाँकेका घरवासमा अतिथिलाई सिद्राको अचार
-
क्रिमियामा युक्रेनले ४ जनाको हत्या गरेको रुसी अधिकारीहरूको आरोप
-
जीवनरक्षक औषधिको अभाव चुलिएपछि मन्त्रालयले विभागसँग माग्यो आयातकर्ताको सूची
-
धेरै महँगो हुने भएकाले नेपालले धेरै फरेन्सिक ल्याब बनाउन सक्दैन : महावीर पुन
-
मृत्यु जितेर फर्किएका दावा शेर्पा, तस्बिरहरू
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण
Indian Premier League 2026